IME Life New

नयाँ जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिसन खर्च ३८ करोड भन्दा धरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गत आर्थिक वर्ष बाट संचालनमा आएका ९ ओटा जीवन बीमा कम्पनीहरु मध्ये ८ ओटाले गत आर्थिक वर्ष २०७४/०७५ को वित्तीय विवरण प्रकाशित गरेका छन् । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण विवरण अनुसार सबैभन्दा धरै अभिकर्ता कमिसनमा खर्च गर्ने कम्पनी युनियन लाइफ इन्स्योरेन्स देखिएको छ, युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष अभिकर्ता कमिसनमा ११ करोड १० लाख ३८ हजार खर्च गरेको छ । युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष ८६ करोड ५० भन्दा धरै कुल बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै आइएमई लाइफ इन्स्योरेन्सले ५३ करोड ७३ लाख प्रथम बीमा शुल्क आर्जन गर्दा ७ करोड ८३ लाख अभिकर्ता कमिसनमा खर्च गरेको छ। नयाँ मध्येकै अर्को जीवन बीमा कम्पनी ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता कमिसनमा ६ करोड १० लाख भन्दा धरै रकम खर्च गरेको छ।

Esewa
Crest

गत आर्थिक वर्ष ४० करोड २० लाख कुल बीमा शुल्क रकम आर्जन गरेको सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ता कमिसन शिर्षक अन्तर्गत ३ करोड ९३ लाख खर्च गरेको जनाएको छ ।

गत आर्थिक वर्ष ४२ करोड ७७ लाख पहिलो बीमा शुल्क आर्जन गरेको रिलायवल लाइफ इन्स्योरेन्सले ३ करोड ७९ लाख अभिकर्ता कमिसनमा खर्च गरेको छ । संस्थागत अभिकर्ता तथा बैंकास्योरेन्सको मध्यमबाट बीमा शुल्क आर्जनमा केन्द्रित रहेको रिलायवल लाइफ इन्स्योरेन्सले अभिकर्ता कमिसनमा कम रकम खर्च गरेको देखिन्छ ।

नयाँ मध्येकै प्रभु लाईफ इन्स्योरेन्सले १ करोड ५९ लाख, सानिमा लाइफ इन्स्योरेन्सले १ करोड ९२ लाख र रिलायन्स लाइफ इन्स्योरेन्सले १ करोड ९३ लाख अभिकर्ता कमिसनमा खर्च गरेका छन् ।
नेपालमा बीमा ब्यबसायको मुख्य श्रोतनै अभिकर्ता हुने तथा अभिकर्ता बाट नै ब्यबसाय प्रबर्दन गरिने हुदा अभिकर्ता कमिसनमा ठुलो धन राशी खर्च हुने गरेको छ। अहिले बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले पहिलो बीमा शुल्कको १८ प्रतिशत खर्चको सिमा तोकेको कारण सोहि सिमामा रही अभिकर्ता कमिसन तथा प्रोत्शाहन खर्च गर्ने गरेको बीमा कम्पनीहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS