IME Life New

बीमा अभिकर्ता पेशामा सफल हुने सुत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जीवन बीमा अभिकर्ता पेशाप्रति आकर्षण बढ्दो छ । केहीले बैंकको जागिर, केही शिक्षक पेशा, केही त सरकारी पेशा नै छोडेर अभिकर्ता पेशामा जोडिएको पाईन्छ । आफु स्थापित भईसकेको पेशा छोडेर अभिकर्ता पेशामा जोडिए पछि कतिपयको जीवनशैली नै फेरिएको बीमा बजारमा देख्न सकिन्छ ।

तर, बीमा अभिकर्ता पेशामा जोडिने सबै अभिकर्ताहरु सफल नहुन पनि सक्छन् । बीमा अभिकर्ता पेशामा कसरी सफल बन्ने प्रश्न गर्दा सबैको उत्तर एउटै आउँदैन् । आआफ्नै कला, आआफ्नै सिद्धान्त, तौरतरिकामा आधारित रहेर काम गर्दा अभिकर्ता पेशामा सफल बन्न सकिने अभिकर्ताहरु बताँउछन् ।

Esewa
Crest

जीवन व्यवसायमा मूख्य पात्रका रुपमा रहेका अभिकर्ताहरुमा विभिन्न्न खालका गुणहरु हुन जरुरी देखिन्छ । बीमा अभिकर्तामा यस्ता खालका गुणहरु हुन जरुरी हुन्छ । सकारात्मक सोच, सधैँ आशावादी, व्यवहारमा सन्तुलन, हरेस नखाने, नैतिकतावान्, योजनावद्ध रुपमा कार्य गर्नु, नेतृत्व क्षमता, आफ्नो काममा प्रतिवद्ध, आकर्षक व्यक्तित्व, समयको ख्याल गर्ने जस्ता गुणहरु एक सफल अभिकर्तामा हुन जरुरी हुन्छ ।

सर्वप्रथम ग्राहकको क्षमता र इच्छाअनुसार बीमालेख बिक्रि गर्नु, बीमा अभिकर्ताको जिम्मेवारी हुन्छ । जसमा प्रचलित बीमालेखहरुको शुल्क, सुरक्षा आदिका बारेमा प्रष्ट पार्नु पर्ने हुन्छ ।

आफ्नो पेशालाई सम्मानित, मर्यादित, गरिमामय, समाजसेवक बनाई राख्नका लागि एक बीमा अभिकर्ताम विभिन्न गुणहरु हुनु जरुरी पर्दछ । लचकपन, मिठासपन, विषयवस्तु प्रति पूर्ण ज्ञान, समय चलायमान जस्ता गुणहरु बीमा अभिकर्तामा हुनु पर्दछ ।

आफ्नो पेशालाई सम्मानित, मर्यादित, गरिमामय, समाजसेवक बनाई राख्नका लागि एक बीमा अभिकर्ताम विभिन्न गुणहरु हुनु जरुरी पर्दछ । लचकपन, मिठासपन, विषयवस्तु प्रति पूर्ण ज्ञान, समय चलायमान जस्ता गुणहरु बीमा अभिकर्तामा हुनु पर्दछ । मेहनत र धैर्य गर्ने क्षमता अभिकर्तामा हुनु पर्छ । साथमा लगनशिल र विषयवस्तुको ज्ञान पनि र काम गर्न सक्ने क्षमता पनि ।

बीमा गर्न चाहाने व्यक्तिको आयश्रोत, उद्देश्य, बचत गर्ने क्षमता, आर्थिक भार आदिको मूल्याङ्कन गरी बीमा अभिकर्ताले ग्राहकसमक्ष बीमा योजनाको बारेमा प्रष्ट पार्नु पर्ने हुन्छ ।

बीमालेख बिक्री गर्ने उत्कृष्ट तरिकाहरु
विषयवस्तुमा पूर्ण ज्ञान
समस्याहरुको विवेचना गर्नु
समाधानको बाटो खोज्नु
आफ्नो उद्देश्यमा दृढ हुनु
शालीन परिहरनमा रहनु
औपचारिक, आदरर्पूक र स्पष्ट शब्द प्रयोग गर्नु
शब्द र शारीरिक भावको समायोजन गर्नु

को हो बीमा अभिकर्ता ?
बीमा अभिकर्तालाई बीमा व्यवसायका मूख्य पात्रका रुपमा लिने गरिन्छ । बीमा कम्पनीको तलवी कर्मचारीको रुपमा नभई निश्चित कमिशनको आधारमा काम गर्ने व्यक्ति बीमा अभिकर्ता हुन् ।

सर्वसाधरणलाई बीमाको आवश्यकता र महत्वको विषयमा जानकारी गराउने व्यक्ति बीमा अभिकर्ता हुन् । बीमा अभिकर्ताले सर्वसाधरणलाई बीमा गराएवापत प्रचलित ऐन अनुसार आम्दानी गर्ने गर्दछन् । बीमा अभिकर्ता भई काम गर्नका लागि बीमा क्षेत्रको नियामक निकाय बीमा समितिबाट बीमा अभिकर्ताको इजाजतपत्र लिनु पर्ने हुन्छ । इजाजतपत्र पाएपछि अभिकर्ताले आफनो काम र कर्तव्यको परिधि भित्र रही काम गर्नु पर्ने हुन्छ ।

अभिकर्ता बीमा कम्पनिको प्रतिनिधि पात्र हुन् । कम्पनिको प्रतिनिधिको रुपमा बीमा गराउन चाहने व्यक्तिको सम्पर्कमा पुग्ने, बीमितलाई बीमा प्रस्ताव फारम भराउन सहयोग गर्ने, बीमितलाई बीमा सम्बन्धि आवश्यक परामर्श दिने बीमा दावी भुक्तानीको समयमा बीमित वा बीमितको परिवारलाई आवश्यक सहयोग गर्ने जस्ता कार्यहरु बीमा अभिकर्ताले गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS