IME Life New

ज्योति लाइफ इन्स्योरेन्सले निकाल्यो आकर्षक बित्तिय विवरण, व्यवसाय बृद्धि तथा शाखा विस्तारमा पनि छलाङ्ग मार्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धेरै वर्षको अन्तराल पश्चात गतआर्थिक वर्षमा वीमाबीमा समितिले व्यवसाय संचालनका लागि १० वटा नयाँ जीवन बीमा कम्पनीलाइ अनुमति प्रदान गरे संगै अनुमती पाएका मध्ये ९ वटा जीबन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा शाखा विस्तार, नयाँनयाँ सुविधा सहितका जीवन बीमा योजनाहरु, सेवामा गुणस्तरियता लगायत जीबन बीमा सम्बन्धी जनचेतना जगाउने कार्यलाइ तिव्रताका साथ अगाडि बढाउँदै सबै कम्पनीहरुले आफुलाइ अग्र पंक्तीमा उभ्याउन प्रयासरत रहेको पाइन्छ ।

यसै क्रममा १० महिना अगाडि मात्रै आफ्नो व्यवसाय शुरु गरेको ज्योति लाईफ इन्स्योरेन्सले छोटो अवधिमा नै उत्कृष्ट कार्य गर्दै गत आर्थिक वर्षको चौथो त्रयमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

Esewa
Crest

गतआर्थिक वर्षको बित्तिय विवरण अध्ययन तथा विश्लेषण गर्दा कम्पनीले प्रत्येक त्रयमासमा नयाँ उचाइ हासिल गरेको देखिन्छ ।

कम्पनीले चौथो त्रयमासमा अल्पकालिन लगानीलाइ घटाइ दिर्घकालिन लगानीमा जोड दिएको कारणले दिर्घकालिन लगानीमा ५७ प्रतिशत वृद्धी भएको तथा अल्पकालिन लगानीमा ८५ प्रतिशतले कमी आएको,जगेडा कोष ६० प्रतिशतले वृद्धी भइ रु.११.८६ करोडपुगेको र जीवनबीमा कोष ६३ प्रतिशतले वृद्धी भइ रु.१६.०१ करोड रहेको देखिन्छ ।

कम्पनीले गत आ.व. को चौथो त्रयमासमा खुद वीमाशुल्कमा १५४ प्रतिशतले वृद्धी गर्दै रु. २८.५० करोड वीमाशुल्कआर्जन गरी खुद मुनाफा गत त्रयमासको तुलनामा ६९ प्रतिशतले वृद्धि भइ रु.१०.९० करोड आर्जन गर्न सफलभएको देखिन्छ ।समिक्षाअवधि सम्ममा कम्पनीले १ वटामात्रै दाबी भुक्तानीको लागि निवेदन प्राप्त भइ उक्त दाबी भुक्तानी समेत गरिसकेको देखिन्छ भने अन्यदाबी भुक्तानी गर्न बाँकी नरहेको देखिन्छ ।

समग्र व्यवसाय तथा हासिल गरेको अन्य उपलब्धीको विषयमा कम्पनी श्रोत बाट प्राप्तजानकारी अनुसार यस कम्पनीले हाल सम्म वैदेशिक रोजगार म्यादीवीमा योजना संचालन नगरेको र कुलवीमा शुल्कमा सावधिक तथाआजिवन जीवनवीमा योजना विक्रीबाट प्राप्त उल्लेखित वीमाशुल्कआर्जन गर्न सफल भएको, हाल सम्ममा देशका सातै प्रदेशका विभिन्न भागमा ६६ वटा शाखा संजालविस्तार गरिसकेको, स्वस्थप्रतिस्पर्धा मार्फत व्यवसाय विस्तारमा ध्यान दिएको, विमितहरुलाइ आकर्षक सुविधा तथा वीमा योजना जारी गर्ने क्रममा विभिन्न प्रकारका घातक रोग उपचार सुविधा सहितको वीमा योजना संचालनगर्ने पहिलो नेपाली कम्पनी भएको लगायत अन्य नयाँ योजनाजारी गर्ने कार्य भै रहेको छ ।

कम्पनीको समग्र वित्तीयविवरण तथाअन्य सुचकांक अध्ययन गर्दा कम्पनीले हाल विद्यमान बजार अनुसार उच्च प्रतिफल मुलक दिर्घकालिन लगानीमा जोड दिएको जसको कारण बैंकिङ्ग ब्याजदरमा आउन सक्ने कमीको कारण प्रतिफलमा ह्रासको जोखिम कम रहेको, जीवन वीमाकोषमा उल्लेख्य रकम रहको र कम्पनीको खुदमुनाफा समेत राम्रो रहेको कारणले वीमितहरुलाइ दिइने बोनस दरमा सकारात्मक प्रभाव पर्ने र बोनस दर समेत आकर्षक हुन सक्ने देखिन्छ ।

साथै हाल सम्म १ वटा मात्र मृत्यु दाबी भुक्तानी परेकोले कम्पनीको जोखिम विश्लेषण विधिपनि प्रभावकारी रहेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले शाखा विस्तार तथा पुर्वाधार निर्माणलाइ प्राथमिकता दिइ कार्य गरेको र यस आर्थिक वर्षमा ६६ वटा शाखा संजालबाट पुरा वर्ष भरी नै व्यवसाय विस्तारमा ध्यानदिन सक्ने भएकोले चालु आर्थिक वर्षमा अझ उल्लेख्य प्रगति गर्दै नयाँ कम्पनीहरु मध्ये अग्रपंक्तिमा आइ पुराना कम्पनीहरुको प्रतिस्पर्धी कम्पनी बन्ने तर्फ अग्रसर हुने कम्पनीले जानकारी  दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS