IME Life New

नाडा अटो शोमा जम्मा ७० लाखको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । आईतबार सम्पन्न भएको गाडीहरुको महाकुम्भ मेला नाडा अटो शो २०१९मा राखिएका स्टलहरुको बीमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा गरिएको आयोजक नाडाले जनाएको छ ।

नाडाले दिएको जनकारी अनुसार प्रदर्शनमा राखिएका स्टलहरुको ७० लाख रुपैयाँको बीमा सिद्धार्थ इन्स्योरेन्समा गरिएको थियो । उक्त शो मा १५० भन्दा बढी स्टलहरुको सहभागीता रहेको थियो । भदौँ १० गतेदेखि शुरु भएको उक्त शो ७५ हजार भन्दा बढीले अवलोकन गरेका छन् । करोडौं मूल्यका गाडीहरुको प्रदर्शनीमा जम्मा ७० लाख रुपैयाँ बीमाङ्क मूल्यको बीमा गरिएको विषय भने निकै गम्भिर छ । यदि आलोलागी वा कुनै दैवी विपत्ति आई त्यहाँ नष्ट भएको भए करोडौंको क्षति हुने थियो ।

Esewa
Crest

सिद्धार्थ इन्स्योरेन्सले शो स्टल बीमा बापत नगद रकम बुझेको नभई हिसाब मिलान मात्रै भएको बुझिएको छ । शोको बीमा गरेबापत शोको एउटा स्टल सिद्धार्थ इन्स्योरेन्सलाई उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS