IME Life New

माछापुच्छ्रे बैंकको नयाँ शाखा गाईघाटमा, कुल शाखा संख्या १२८

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

माछापुच्छ्रे बैंकले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ११ गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले ग्राहकको सेवा सुविधालाई ध्यानमा राखेर उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।

उक्त नयाँ शाखाको उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरीले नेपाल अहिले आर्थिक समृद्धिको बाटोमा हिडिरहेको बताएका छन् । नगरप्रमुख चौधरीले आफ्नो नगरको परियोजनामा लगानी गर्ने खालको बैकको स्थापना नभएकोले माछापुच्छ्रे बैकलाई पैसा संकलन गर्ने मात्र नभएर नगरवासिको हितमा काम गर्न अनुरोध गरे ।

Crest

बैकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महत्तोले हाम्रो देश प्रगती र समृद्धिको नारा लिएर अगाडि बढिरहेकोले माछापुच्छे बैकले यस नारालाई मध्यनजर गर्दे काम गर्ने बताए । उनले हामीले हिजोका दिनमा फर्केर हेर्ने भन्दा पनि भोलीका दिनमा कसरी काम गर्ने भन्ने सोचका साथ बैकलाई अगाडि बढाईएको बताए ।

कार्यक्रममा त्रियुगा उधोग वाणिज्य महासंघका अध्यक्ष गजेन्द्र भगतले बैकको महंगो ब्याजदरले धेरै व्यावसायिहरु मार्कामा परेको बताएका छन् । उनले ७.८ प्रतिशत ब्याजदरमै बैकले कारोबार गरे ब्यावसायिलाई सुलभ हुने बताए ।

हालसम्म बैंकले १२८ वटा शाखा र १५६ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS