IME Life New

देशव्यापी अभियान चलाउँदै बीमा अभिकर्ता संघ, संगठन विस्तार र आन्दोलन एक साथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । बीमा अभिकर्ताहरुको छाता संगठन पेशागत बीमा अभिकर्ता संघ नेपाल यतिबेला देशव्यापी संगठन निर्माण, विस्तार प्रचार प्रचारमा एकसाथ जुटेको छ । पेशागत अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले इन्स्योरेन्स खवरसँग भने, ‘५५ जिल्लामा हाम्रा शाखा गठन भइसकेका छन्, अब २२ जिल्लामा संगठन निर्माण, विस्तारको अभियान एकसाथ गरिरहेका छौं ।’

संगठन विस्तार मात्रै नभई बीमा अभिकर्ताहरुको एजेण्डालाई लिएर देशव्यापी रुपमा अभिकर्ताहरुलाई प्रशिक्षित गर्ने काम भइरहेको सो संघले जनाएको छ । पेशागत अभिकर्ता संघका सचिव ऋषिराम भुषाले भने, देशव्यापी रुपमा बीमा अभिकर्ताहरुको एजेण्डालाई प्रचार प्रसार गरिरहेका छौं ।’

Esewa
Crest

बाणिज्य बैंक तथा विकास बैंकहरुले बैंकास्योरेन्समाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने भन्दै अभियान नै चलाएपछि बीमा अभिकर्ताहरु पनि देशव्यापी आन्दोलन गर्नु परेमा पनि पछाडि नहट्ने गरी तयारी भइरहेको सचिव भुषाल बताउाछन् ।

बैंकलाई बीमा अभिकर्ता बन्न नपाउने व्यवस्था फुकुवा नगर्न माग गर्दै केही दिन अघि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई ज्ञापन पत्र बुझाएका संघले अहिले देशव्यापी रुपमा बीमा अभिकर्ताहरुलाई जागरणको कार्यक्रम भइरहेको अध्यक्ष तिवारी बताउँछन् । संघका अध्यक्ष नन्द प्रसाद तिवारीको नेतृत्वको टोलिले गभर्नर नेपाललाई १० बुँदे ज्ञापनपत्र बुझाएका थिए । महिलाहरुको पर्व तीजको अवसरमा आयोजित कार्यक्रमहरुमा पनि बीमा अभिकर्ताको एजेण्डामाथि चर्चा भइरहेको उनको भनाई छ ।

क बर्गका बाणिज्य बैंकहरुले राष्ट्र बैंकमा ज्ञापन पत्र बुझाएकै दिन विकास बैंकहरुले पनि केन्द्रीय बैंकका विरुद्धमा बक्तव्य निकालेर एकीकृत निर्देशिका सच्याउन माग गरेका थिए ।

जीवन बीमा कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरु प्रस्तावित बीमा ऐनमा पनि आफूहरुको गम्भिर चासो रहेको उल्लेख गर्दै ऐनका चासोका सम्बन्धमा पनि गम्भिर भएर आन्दोलनमा जुट्नुपर्ने बेला आएको बताए । संघ अहिले पनि आन्दोलनकै चरणमा रहेको पदाधिकारीहरु बताउँछन् ।

अहिले बीमा अभिकर्ताहरु विभिन्न भेलाहरुको तयारीमा जुटिरहेका छन् । पूर्व देखि पश्चिम सबै क्षेत्रबाट एकजुट भएर आन्दोलनमा जाने तयारी गरिरहेको सचिव भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS