IME Life

‘बैंक तथा वित्तीय संस्थाको एक प्रतिशत खर्च सामाजिक उत्तरदायित्वमा हुनैपर्ने’

SPIL
NIC ASIA

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले न्युनतम एक प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सुधार कार्यक्रमहरुमा खर्च गर्नुपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । बिहिवार राजधानीमा युवा परिषदले आयोजना गरेको युवा उद्यमी समिट २०१९ कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. खतिवडाले सो कुरा बताएका हुन् ।

कार्यक्रममा मन्त्री खतिवडाले बैंकहरुले सहुुलियतपूर्ण कर्जा कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको रुपमा लिनुपर्ने समेत बताए । पाँच प्रतिशत भन्दा कम व्याजदरमा बैंकहरुले सर्वसाधारणलाई कर्जा प्रवाह गर्नुपर्ने कुरामा जोड दिए ।

Prabhu
Crest

अर्थमन्त्री खतिवडाले भने, ‘सर्वसाधारणहरुले बीऊ पुँजी र सुहुलियत ब्याजमा पैसा समेत पाउने व्यवस्था भएको छ यसले गर्दा व्यवसाय अघि बढाउन सहयोग पुग्ने विश्वास हामीले लिएका छौ ।’ मन्त्री खतिवडाले अगाडि भने, ‘गत वर्षको बजेटमा च्यालेन्ज फण्ड आयो कार्यान्वयन भएन । यो वर्ष कार्यविधि बनेको छ । त्यसलाई मन्त्रिपरिषद्बाट पास गरेर अर्को महिनाबाट कार्यान्वयन हुने छ ।’

अर्थमन्त्री खतिवडाले युवापुस्तालाई कृषिमा रोजगारी सृजना गर्न आवश्यक रहेको बताए । यसका लागि नेपाल सरकारले बजेटको पनि व्यवस्था गरेको समेत उनले जनाए । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तिय संस्थाहरुले खर्च गर्ने सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्चलाई नियमन गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS