काठमाडाैं । हिमालयन बैंकले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले २ अर्ब ८४ करोड खुद नाफा गरेको छ। चुक्ता पुँजी ८ अर्ब ५२ करोडको आधारमा कम्पनीको प्रति शेयर आम्दानी ३३ रुपैया ४१ पैसा रहेको छ। कम्पनीको खुद नाफा ५२ प्रतिशतले वृद्धि भएको छ भने प्रति शेयर आम्दानी ४५ प्रतिशतले वृद्धि हुन सफल भएको छ।
कम्पनीको वितरण योग्य मुनाफा २ अर्ब २ करोड रुपैया रहेको छ। सो को आधारमा कम्पनीको लाभांस दिने क्षमता २३ प्रतिशतको हाराहारीमा छ।
निक्षेप ११ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ९ अर्ब पुगेको छ भने कर्जा १३ प्रतिशतले ९२ अर्ब ८२ करोड पुगेको छ।