IME Life New

मुक्तिनाथ विकास बैंकको २०% हकप्रद भदौ १२ गतेदखि, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भदौ १२ गतेदखि २० प्रतिशत हकप्रद सेयर निष्कासन खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

बैंकले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि साउन ३१ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । त्यसकारण साउन ३० गते बिहीबार सम्म कायम रहने सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । हकप्रदमा असोज १५ गते सम्म आवेदन दिन सकिने जनाएको छ ।

हकप्रद शेयर मुक्तिनाथ विकास बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS