काठमाडौ । युनियन लाईफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७४/७५ मा खुद नाफा आर्जन ६४९ प्रतिशतले बढेको छ । आव २०७४/७५ को असार मसान्त सम्ममा कम्पनीले ९ करोड ३५ लाख खुद नाफा गरेको छ । आव २०७३/७४ मा १ करोड २४ लाख खुद नाफा गरेको थियो ।
कम्पनीको जगेडा कोष ६७४ प्रतिशतले बढेर ९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बीमा कोष भने ३५ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
आव २०७४÷७५ को असार मसान्त सम्ममा कम्पनीले ८६ करोड ५० लाख बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
कम्पनीले प्रकाशन गरेको गत आवको चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीमा ६ लाख ९५ हजार बीमालेख कायम रहेको छ ।
त्यस्तै, गत आवको अन्त्य सम्ममा कम्पनीले ९८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी ६ दशमलव २१ रुपैयाँ छ ।