IME Life New

१७.०७% बोनस सेयर पारित गर्न लुम्बिनी विकास बैंकले बोलायो साधारण सभा, यस्ता छन् अन्य प्रस्तावहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लुम्बिनी विकास बैंकको साधारण सभा मंगलबार (साउन २८) मा हुने भएको छ । बैंकले सभा अमृतभोग कालिकास्थान काठमाडौंमा, बिहान ११ बजे डाकेको छ ।

बैंकले सभामा १७ दशमलव ०७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट लगानीकर्तालाई यो बोनस सेयर दिने घोषणा गरेको हो ।

Esewa
Crest

बैंकले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अर्को प्रस्ताव पेश गर्ने छ । आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने समेत प्रस्ताव पेश हुने जनाएको छ ।

त्यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ सभा प्रयोजनका लागि बैंकले साउन २२ गतेदेखि साउन २८ गतेसम्म बुक क्लोज गरेको छ । त्यसकारण साउन २१ गतेसम्म कायम सेयधनीले मात्र बोनस पाउनेछन् ।

हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS