IME Life New

शिखर इन्स्योरेन्स ‘प्राईस कटिङ’मा संलग्न, जोखिमयुक्त उद्योगसँग किराना पसलको शुल्क लिन कोटेशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा ठूलो बजार हिस्सा भएको शिखर इन्स्योरेन्स कम्पनी प्राईस कटिङमा संलग्न रहेको तथ्य फेला परेको छ । बीमा ऐन अनुसार बीमा समितिले निर्धारण गरेको दररेट उल्लंघन गर्दै न्यून शुल्कमा बीमा गर्ने कार्यलाई प्राईस कटिङ भनिन्छ ।

नेपाली बीमा बजार यतिबेला न्यून मूल्यमा गरिने बीमा (प्राईस कटिङ) को चेपटामा परेको बीमा समिति स्वयम्ले स्वीकार गरेको छ । जसका कारण सिंगो बीमा व्यवसाय व्यवसायिक नैतिकता हराउन थालेको गुनासो बढिरहेको सन्दर्भमा शिखर इन्स्यारेन्सले लक्ष्मी बैंकमार्फत सिफारिस भई आएका सेवाग्राहीलाई बीमा ऐन मिचेर कोटेशन दिएको फेला परेको हो  ।

Esewa
Crest

इन्स्योरेन्स खवरलाई गोप्य सूत्रले दिएको कागजातमा शिखर इन्स्योरेन्सले मकवानपुरको हेटौडास्थित गोदावरी प्यास्टोक्र्याफ्ट इण्डष्ट्रिजको बीमाको लागि शिखर इन्स्योरेन्सबाट जारी कोटेशनमा सम्पूर्ण बीमा कभर गरे बापतको दररेट बीमा समितिले निर्धारण गरेको दररेटभन्दा न्यून रहेको देखिन्छ ।

बीमा समितिले प्लाष्टिकजन्य उद्योगका लागि प्रतिहजार ४.५ रुपैयाँ आतंकवाद समेत निर्धारण गरेको छ । शिखर इन्स्योरेन्सले गत जुलाई ९ तारिखका दिन शिखर इन्स्योरेन्सको हेटौडा शाखाले कोटेशन नं १ मा अत्यन्तै न्यून मूल्यमा बीमा गर्ने प्रस्ताव गरिएको छ ।

सबै जोखिम बहन गरे बापत तीन करोड ८५ लाख बीमांकको भ्याट र टिकट समेत कूल ८० हजार पाँच सय छ रुपैयाँ शुल्क लिने प्रस्ताव गरिएको छ । जुन बीमा ऐनले तोकेको भन्दा अन्त्यन्तै न्यून हो । न्यून बीमा शुल्क लिएर बीमा गर्नु अनैतिक र बीमा ऐनको आधारमा गैरकानुनी कार्य समेत हो ।

शिखर इन्स्योरेन्सकी अण्डरराईटिङ प्रमुख सबिता मास्केले बीमा समितिले तोकेको दररेटभन्दा न्यून शुल्क लिई बीमा गर्न नपाइने बताईन् । उनले भनिन्, ‘हाम्रो मातहतका सबै निकायलाई समितिले तोकेको दररेटभन्दा घटाएर बीमा पोलिसी जारी नगर्न कडाईपूर्वक भनेका छौं ।’ मास्केले पाईप उद्योग नै भएमा आतंकवाद समेत गरी साढे चार रुपैयाँ प्रतिहजार रेटभन्दा कम मूल्य लिई बीमा पोलिसी जारी गरेमा त्यस्तो बीमा पोलिसीको दावी भुक्तानी हुन नसक्ने र यदि भएमा अण्डरराईटिङमा समस्या हुने प्रतिक्रिया दिईन् ।

उता, बीमा समितिका कानुन निर्देशक दिनेश कुमार लालले बीमा कम्पनीहरुका बीचमा प्रतिस्पर्धाका कारण प्राईस कटिङको प्रवृत्ति बढेको स्वीकार गर्दै त्यस्तो फेला परेमा कारवाही गरिने बताए । उनले भने, ‘प्लाष्टिक उद्योगलाई खुद्रा पसलको रेटमा बीमा गराउन पाइदैन ।’ कानुन निर्देशक लालले प्राईस कटिङका विरुद्धमा बीमा समितिले सुधारात्मक अभियान चलाइरहेको बताउँदै भने, ‘न्यून शूल्कमा बीमा गर्दा बीमा कम्पनी नै टाट पल्टिन सक्छ, यस्ता पोलिसीबाट बीमा दावी भुक्तानी हुन नसक्ने अवस्था हुनसक्ने हुँदा उपभाक्ताहरु समेत सचेत हुनुपर्दछ ।’ उनले पुरा शुल्क भुक्तानी नगरिएको बीमा पोलिसीको रि–इन्स्योरेन्सले दावी भुक्तानी नहुने हुँदा मुद्दा परेको खण्डमा कम्पनी नै टाट उल्टिने गरी बीमा दावी भुक्तानी गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिए ।

बीमा समितिका एक अधिकारीका अनुसार प्लाष्टिकको पाइप उत्पादन गर्ने कार्य उच्च मध्यम जोखिम भित्र पर्दछ । ३२ डिग्रीभन्दा बढि र ६५ डिग्रीभन्दा कम तापक्रममा काम हुने उद्योगहरु यस प्रकारका उद्योगभित्र पर्दछन् । बीमा समितिद्वारा मूल्यसूचिमा सिरियल नं २७५ मा उच्च जोखिमयुक्त उद्योगको बीमा गर्दा कूल बीमांक रकमको ४.५ रुपैयाँ प्रतिहजारका दरले बीमा शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS