IME Life New

आफ्नै पत्रले बीमा समिति अन्योलमा, शिखर इन्स्योरेन्सको सिईओमा पाण्डेको पुनः नियुक्ती हुनै नसक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्योरेन्सको सिईओमा दीप प्रकाश पाण्डेलाई पुनः नियुक्ती गर्ने सञ्चालक समितिको अनैतिक र संस्थागत सुशासन निर्देशन विपरितको निर्णयले बीमा समितिमा अन्योल उत्पन्न भएको छ । यसअघि बीमा समितिले २०७३ फागुन २७ गते बीमा समितिले शिखर इन्स्योरेन्समा सिईओ नियुक्तीका लागि दिएको अनुमतिमा ‘अन्तिम एक पटक (कार्यकाल) का लागि’ भन्ने वाक्यांशले बीमा समिति आफै शिखर इन्स्योरेन्समा सिईओ नियुक्ती गर्ने विषयमा अन्योलमा फस्न पुगेको हो । चार वर्षअघि दिएको नियुक्तीमा अन्तिम एक कार्यकालको लागि भनेर तोकेरै नियुक्ती दिएकोले अब बीमा समितिका अध्यक्ष तथा अन्य पदाधिकारीले चाहेर पनि यस पटक शिखर इन्स्योरेन्सको सिईओमा पाण्डेको पुनः नियुक्ती गर्न नसक्ने देखिएको छ ।

अघिल्लो कार्यकालमा लागि चार महिना लामो संघर्षपछि बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको आदेशमा अन्तिम एक कार्यकालका लागि पाण्डे शिखर इन्स्योरेन्सको सिईओ बनेका थिए । अझै पनि पाण्डेले बीमा समितिलाई प्रभावमा पारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ नयाँ जारी गर्न लगाई, दोहोरो अर्थ राख्ने शब्द आफैले घुसाएर पुनः नियुक्ती लिने प्रयास गरिरहेका छन् । पाण्डेको दवावपछि बीमा समितिले आज उनको नियुक्ती सम्बन्धी प्रक्रिया अघि बढाएको छ ।

Esewa
Crest

कानुनका ज्ञाताहरु भने एक पटक अन्तिम पटक भनेर लिखित अनुमति दिइसकेपछि जुनसुकै बाहानामा अर्को पटक अनुमति दिएपनि बदर भागी हुने बताउँछन् । अधिवक्ता धनञ्जय खनालले बीमा समिति अविछिन्न उत्तराधिकारवाला निकाय भएकोले विगतदेखि आजसम्म भए गरेका सबै कामको हर हिसाब राख्नुपर्ने बताउँछन् । अधिवक्ता खनालले संस्थागत सुशासनमा यति पछि वा पहिले भनेर लेख्दैमा मूल भाव विपरित हुने निर्णय गर्नु अनैतिक र कानुनको भाषामा त्रुटीपूर्ण हुने बताए । संक्षिप्त प्रतिक्रिया दिँदै अधिवक्ता खनालले भने, ‘दुई कार्यकाल भन्ने मूल स्पीरिट यस बीचमा जारी भएका संस्थागत सुशासनमा देखिन्छ, नयाँ नयाँ संस्थागत सुशासन जारी गर्दै यसपछि र अघि भन्नुको अर्थ रहदैन । मूल भावको अवव्याख्या गर्ने प्रयास भए कानुन आकर्षित हुन्छ ।’

यसैबीच, बीमा समितिमा अन्योलता सिर्जना भएको छ । २०७३ साल फागुन २७ गते आफैले अन्तिम पटक भनेर दिएको पत्र विपरित हुने गरी पुनः नियुक्ती गर्न दवाव आउन थालेपछि बीमा समितिका कर्मचारीहरु अन्योलमा परेका हुन् । यसअघि नियुक्तीको लागि अनुमति दिने पत्रमा हस्ताक्षर गरेका बीमा समितिका उप निर्देशक निर्मल अधिकारी यस बारे केही बोल्न मान्दैनन् । त्यस्तै बीमा समितिका अन्य पदाधिकारीहरु पनि चुपचाप छन् । तर, प्रक्रिया भने आजबाट अघि बढाइएको छ ।
२०७३ सालमा बीमा समितिले चार महिना पहिलेदेखि लागू हुने भनेर दिएको पत्रको नियत समेत त्रुटीपूर्ण रहेको भेटिएको छ ।

कार्तिक १० गतेदेखि करार अवधी सकिएर पदमुक्त भएका सिईओ दीप प्रकाश पाण्डेले सो अवधी पश्चात पनि कम्पनीबाट नियमित तलव सुविधा लिइरहेको र बीमा समितिले उक्त अनैतिक कार्यलाई बैधता दिएको पाइएको छ । २०७३ साल कार्तिक २४ गते बीमा समितिमा अनुमति माग गरेकोमा समितिले फागुन २७ गते सिईओ नियुक्तीको लागि अनुमति दिएको देखिन्छ । तर अनुमति दिँदा कार्तिक १० गतेदेखि लागू हुने वाक्य राखेर अनुमति दिइएको पाइएको छ । पत्रमा उल्लेखित उक्त वाक्यले चार महिना १७ दिन पुरानो मितिबाट लागू हुने गरी नियुक्ती पत्र दिएर सो अवधीको तलव सुविधाको लाभ सिईओ पाण्डेले लिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS