काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श ( एनसीसी) बैंकले आफ्नो २० औं र २१ औं वार्षिक साधारण सभा भदौ २३ गते गर्ने भएको छ । सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा हुने भएको छ ।
साधारण सभामा दुई आ.वको वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने र आ.व २०७४र ०७५ को नाफाबाट १५ दशमलव ८९ प्रतिशत वोनस र शून्य दशमलव ८३ प्रतिशत नगद लाभांश प्रस्ताव पेश हुनेछ ।
बैंकको साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका साउन २६ गते एक दिन बन्द हुने भएको छ ।
सभामा बैंकले सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाल व्यवसाहीको काम गर्ने र बैंक अन्य उपयुक्त बैंक संँग गाभ्ने वा गाभिने तथा प्राप्त गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी पनि दिने भएको छ ।