IME Life New

युएस बंगला एयरलाइन्स दुर्घटनाका पीडितसँग बीमा रकम मिलाईदिने भन्दै जनही एक लाख ठगी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । २०७४ साल फागुन २८ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकाको परिवारसँग बीमा रकम मिलाईदिने भन्दै एक जना कानुन व्यवसायीले जनही एक लाख रुपैयाँका दरले २२ जना नेपाली मृतकका आफन्तसँग कूल २२ लाख रुपैयाँ रकम लिई ठगी गरेको खुलेको छ ।

Esewa
Crest

पाँच तारे होटल रोयल सिंगीबाट कार्यालय सञ्चालन गर्दैै आएका अधिवक्ता प्रभाकर अधिकारीले युएस बंगला एयरलाइन्स दुर्घटनाका २२ जना पीडितसँग जनही एक रुपैयाँ बीमा मिलाईदिने भन्दै रकम लिई ठगी गरेको एक पीडितले इन्स्योरेन्स खवरलाई बताए । पीडितका अनुसार अधिवक्ता अधिकारीले जहाज दुर्घटनाका पीडितसँग जनही एक लाख रुपैयाँ बीमा दावी भुक्तानी प्रक्रियाको लागि भन्दै रकम लिएका थिए ।

युएस बंगला एयरलाईन्सद्वारा दुर्घटनाका पीडितलाई क्षतिपूर्ति दिन अस्वीकार, १५ जनाले अझै मुद्दा दायर गरेनन्

कानुन व्यवसायी अधिकारीले बीमा प्रक्रिया गर्न एक्चुरी ल्याउनुपर्ने भन्दै रकम लिई ठगी गरेको पीडितले गुनासो गरेका छन् । पीडितसँग रकम लिई काम नगरेपछि पीडितले कानुन व्यवसायीहरुको नियमनकारी निकाय नेपाल बार काउन्सिलमा उजुरी दर्ता गरेका छन् । बार काउन्सिलका एक सदस्यले अधिवक्ता अधिकारीका विरुद्धमा काउन्सिलमा उजुरी परेको र सो उजुरी उपर छानविन भइरहेको जानकारी दिए ।

१६ महिनाअघि भएको दुर्घटनाका पीडितलाई विमान कम्पनीले राहत तथा क्षतिपूर्ति नदिई आनाकानी गर्दै आएपछि बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ । दुर्घटनामा २२ जना नेपाली नागरिकसहित ५१ जनाको ज्यान गएको थियो भने २० जना जीवित उद्धार गर्न सम्भव भएको थियो । नेपाली मृतकहरुमा अधिकांश बंगलादेशमा डाक्टरी पढ्न गएकाहरु थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS