IME Life

युएस बंगला एयरलाईन्सद्वारा दुर्घटनाका पीडितलाई क्षतिपूर्ति दिन अस्वीकार, १५ जनाले अझै मुद्दा दायर गरेनन्

SPIL
NIC ASIA

काठमाडौं । नेपालको नागरिक उड्डयनको नियमन गर्ने निकायले प्रभावकारी नियमन नगर्दा त्रिभुवन विमानस्थलमा भएको एक हवाई दुर्घटनाका पीडितले क्षतिपूर्ति पाउन सकेका छैनन् । हवाई जहाज कम्पनीले अन्तर्राष्ट्रिय कानुन अनुसार यात्रुको बीमा नगराई उडान सञ्चालन गरिएको कारण दुर्घटनाका पीडितहरुले अझैसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन् ।
पीडितहरुले दिएको जानकारी अनुसार युएस बंगला एयरलाइन्सले पीडितलाई अन्तर्राष्ट्रिय कानुन अनुसार क्षतिपूर्ति दिन अस्वीकार गरेको छ ।

अन्तर्राष्ट्रिय कानुन अुनसार क्षतिपूर्ति नपाएका कारण सात जना पीडितहरुले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । बुधबार युएस बंगला विमान दुर्घटनाका सातजना पीडितको परिवारद्वारा २ अर्ब क्षतिपूर्ति दावीसहित मुद्दा दायर गरेपनि अझै १५ जनाले मुद्दा दायर गरेका छैनन् । अन्तर्राष्ट्रिय कानुन अनुसार दुई वर्षभित्रमा क्षतिपूर्ति नपाएमा मुद्दा दायर गरिसक्नुपर्नेछ । सुरुमा २० हजार डलरका दरले एडभान्स क्षतिपूर्ति उपलब्ध गराएको युएस बंगला एयरलाइन्सले त्यसपछिको बाँकी क्षतिपूर्ति रकम उपलब्ध गराउन माग गर्दा क्षतिपूर्ति दिन नसक्ने भन्दै औपचारिक रुपमा जानकारी गराएपछि पीडितहरुले अन्तर्राष्ट्रिय कानुन बमोजिम मुद्दा दायर गरेको कानुन व्यवसायी अमृत खरेलले इन्स्योरेन्स खवरलाई जानकारी गराए ।

Prabhu
Crest

विमान दुर्घटनाको प्रतिवेदन सार्वजनिक भइ र प्रतिवेदनमा जहाज कम्पनीको त्रुटी र लापरवाहीका कारण दुर्घटना भएको तथ्य सार्वजनिक भइसकेको सन्दर्भमा पीडितहरुलाई अन्तर्राष्ट्रिय महासन्धी धारा २१ अनुसार एक लाख १३ हजार एसडिआर अर्थात करिब एक लाख ७५ हजार अमेरिकन डलर क्षतिपूर्ति दिनुपर्नेमा २० हजार डलर मात्रै दिएर बाँकी क्षतिपूर्ति दिन नसक्ने भन्दै गत जुलाई २३ मा पत्राचार गरेपछि कानुन बमोजिम मुद्दा दायर गरिएको पीडित परिवारका सदस्यहरुले जनाएका छन् ।

सन् २०१८ मार्च १२ तारिखमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्स लिमिटेडको विमान दुर्घटनामा मृत्यु भएका सात जना एमबीबीएस विद्यार्थीहरुका कानूनी उत्तराधिकारी हकवाला निजहरुमा आश्रित पीडित आमाबाबुले वायुयान धनी सञ्चालक कम्पनीका विरुद्ध २ अर्ब १० करोड रुपैंया (१९ मिलियन ९० हजार अमेरिकी डलर) भन्दा बढी क्षतिपूर्ति रकम दावी गरी मुद्दा दायर गरेको अधिवक्ता खरेलले जानकारी दिए ।

उता, नागरिक उड्डयन प्राधिकरणले भने क्षतिपूर्ति र बीमाको मुद्दा आफूहरुले नहेर्ने भन्दै पन्छाउने गरेको खुलेको छ । सूत्रका अनुसार युएस बंगला एयरलाइन्सको एटिआर जहाजको यात्रु बीमा नै थोरै थियो । अन्तर्राष्ट्रिय कानुन अनुसार प्रतिव्यक्ति एक लाख डलरको बीमा अनिवार्य भएपनि सो रकम बराबरको बीमा नगरिएका कारण अहिले र्दुघटनाका पीडित र हवाई कम्पनीबीचमा गम्भिर विवाद उत्पन्न भएको छ ।

दुर्घटना भएको १६ महिना अवधि पश्चात उक्त दुर्घटनामा मृत्यु भएकी एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबुबाले मुद्दा दायर गरेका हुन् । सो दुर्घटनाका २२ जना नेपालीको ज्यान गएको थियो । बाँकी १५ जनाले किन क्षतिपूर्ति माग दावी गर्दै मुद्दा दायर गरेनन् अर्को खोजीको विषय बनेको छ ।
ग्लोबल रिस्क कन्सल्टेन्ट्सले तयार गरेको एक्चुरियल प्रतिवेदनको आधारमा क्षतिपूर्ति दिनुपर्ने पीडितहरुले माग दावी गरेका छन् । बिआरएस नेउपाने एण्ड कम्पनीले तयार गरेको एक्चुरियल प्रतिवेदनमा जनही दुई करोड ९१ लाखदेखि तीन करोड पाँच लाख रुपैयाँसम्म क्षतिपूर्ति रकम निर्धारण गरिएको छ । एक्चुरियल भ्यालु गणना गर्दा आर्थिक तथा गैर आर्थिक क्षतिको अडिट गरेर गणना गर्ने गरिन्छ ।

यस्तो छ, पीडितहरुको एक्चुरियलबाट निर्धारण गरिएको क्षतिपूर्ति रकम

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS