नेपाल बैंकको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै अधिकांश सूचकहरु पनि घटेको छ । यस अवधि सम्ममा बैंकको खुद नाफा १८ दशमलव ७७ प्रतिशतले घटेर २ अर्ब ६१ करोड १९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २१ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्मा बैंकको सञ्चालन मुनाफा ६ दशमलव १५ र खुद ब्याज आम्दानी ३ दशमलगव ७८ प्रतिशतले घटेको छ । त्यस्तै, सञ्चित नाफामा भने आकर्षक सुधार भएको छ । गत वर्ष ४३ करोड ७१ लाख सञ्चित नोक्सानमा रहेको यो बैंक यस वर्ष ३ अर्ब सञ्चित नाफामा रहेको छ ।
नेपाल बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १५ पैसा रहेको छ । पुँजी बढे पनि खुद नाफामा गिरावट आएकाले प्रतिसेयर आम्दानी घटेको हो । प्रतिसेयर नेटवर्थ ३ सय ५ पैसा पुगेको छ ।