IME Life New

एनआइसी एसिया म्युचुअल फन्डमा आवेदन दिने म्याद थप

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एनआइसी एसिया ब्यालेन्स फन्डको १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड भर्ने समय लम्बिएको छ । पहिलो चरणको निर्धा्रित समयमा साउन १२ गतेसम्म म्युचुअल फन्ड नबिकेपछि आवेदन दिने समय लम्ब्याइएको हो । यसमा अब भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । यसलाई एनआइसी एसिया क्यापिटलले व्यवस्थापन गरेको छ ।

साउन ८ गते बाट ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ नाममा १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड निष्कासन गरिएको हो । यसमध्ये सर्वसाधारणले १० करोड ६२ लाख ५० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । यस्तै, बिज पुँजी बापत १ करोड ७५ लाख इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंक र १२ लाख इकाई कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटललाई सुरक्षित गरिएको छ ।

Crest

सर्वसाधारणले प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ७५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले एनआइसी एसिया क्यापिटलको कार्यालय र सी–आस्वामार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS