IME Life
GBIME

नोक्सानीमा रहेको गणपति माइक्रोफाइनान्सको नाफा ३ करोडमाथि

SPIL
NIC ASIA new
NLIC

गणपति माइक्रोफाइनान्सले २०७५ /७६ को चोथो त्रैमासको वित्रीय विवरण प्रकाशित गरेको छ । माइक्रोफाइनान्सले २०७५ ७६ को चोथो त्रैमाससम्ममा ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्त २७ लाख २२ हजार रुपैयाँ घाटामा रहेको थियो ।

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा लघुवित्तले २३ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरी ८७ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तले निक्षेपमा ९० प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहमा ६४ प्रतिशतले बृद्धि गरेको हो ।

Crest

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको जगेडा कोष ऋणात्मक रहेको थियो । आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममको अवधिमा आइपुग्दा १ करोड १७ लाख रुपैयाँ सञ्चिती गरेको छ ।

लघुवित्तको प्रति शेयर आम्दानी २९ रुपैयाँ ४५ पैसा रहेको छ । निस्क्रिय कर्जा ० दशमलव ६९ प्रतिशत रहेको छ । मुल्य आम्दानी अनुपात १७ गुणा रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS