IME Life New

हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, साउन ३१ सम्म आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हिमालयन बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले म्याद थप गरी साउन ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । यस अघि छिटोमा साउन ६ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो ।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले “हिमालयन बैंक लिमिटेड बण्ड २०८३” नामको ३० लाख इकाई बिक्रि गर्न लागेको हो । सात बर्ष अवधीको यो ऋणपत्रमा बैंकले बार्षिक दश प्रतिशतका दरले अर्धबार्षिक ब्याज भुक्तानी गर्ने जनाएको छ।

Esewa
Crest

कम्पनीले साउन २ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो । बैंकले तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । यसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख इकाई सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख इकाई ठूला तथा संस्थागत लगानीकर्ता हरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ।

लगानीकर्ताले न्युनतम २५ कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने छन् । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS