एनआइसी एसिया बैंकको आजबाट ४४ लाख इकाई ऋणपत्र निष्कासन बिक्री खुला भएको छ । बैंकले ४ अर्ब ४० करोडको बराबरको ४४ लाख इकाई ऋणपत्र निष्काशन गरेको हो ।
जसमध्ये १७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी २६ लाख ४० हजार इकाई बैंकले आफ्नै प्रयासमा अरु संघसंस्थालाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १० दशमलव २५ प्रतिशतका दरले ब्याज पाइनेछ ।
एनआइसी एसियाले ७ वर्ष अवधिको ‘एनआइसी एसिया डिबेन्चर २०८३।८४’ नाममा ऋणपत्र बिक्री गरको हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो ऋणपत्रलाई पर्याप्त सुरक्षा जनाउने ‘केयर एनपी ए’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।
लगानीकर्ताले साउन ९ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् । यस अवधिमा सबै ऋणपत्र बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ ।
एनआइसी एसियाको ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम २२ लाख कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट पनि आवेदन दिन सकिनेछ ।