लुम्बिनी विकास बैंकले शेयरधनीहरुको लागि १७ दशमलव ०६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । कम्पनीले २०७४\७५ को नाफाबाट शेयरधनीहरुलाई ३७ करोड ७१ लाख ९७ हजार २ सय ३६ बराबरको बोनस शेयर प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित बोनशले नेपाल राष्ट्र बैंकबाट साउन ५ गते लाभांश वितरण गर्नको लागि स्वीकृति पाएको । बैंकले उक्त बोनस शेयर आगामी साधारण सभाबाट पारित गरेपछि शेयरधनीहरुलाई वितरण गर्नेछ ।
बैंकको बोनस वितरणपछि चुक्तापूँजी २ अर्ब ५८ करोड पुग्नेछ ।