प्रभु बैंकले नयाँ शाखा कार्यलय विस्तार गरेको छ । बैंकले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १० स्थित चापागाउँमा आफ्नो १ सय ८८ औं शाखा कार्यालयको सञ्चालनमा ल्याएको हो । उक्त नयाँ शाखाकाृ उद्घाटन चापागाउँ शाखा कार्यालयको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गरे ।
बैंकको चापागाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
चापागाउँ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवम् अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने बैंकले जनाएको छ ।