सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ भर्ने आज आइतबार (साउन ५ गते) अन्तिम दिन रहेको छ । माग भन्दा बढी आवेदन परेपछि आइतबारदेखि नै आइपीओ बन्द गर्न लागिएको बिक्री प्रबन्धकले जनाएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।
लघुवित्तले साउन १ गतेदेखि ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ८ हजार २ सय ५० कित्ता कम्पनीका कर्मचारी र २६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २ सय ५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँको १० कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । अधिकतम २ हजार कित्तासम्म भर्न पाइनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।