IME Life New

माछापुच्छ्रे बैंकको नाफा ३६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सबै बैंक तथा वित्तीय संस्थाहरुले चौथो त्रैमासको वित्तयि विवरण धमाधम प्रकाशन गर्न थालेका छन् । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।

बैंकले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासमा १ अर्ब ७० करोड ३५ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २४ करोड ९६ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३७ प्रतिशतले बढी हो ।

Esewa
Crest

आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासमा बैंकले ८५ अर्ब १९ करोड ८५ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब २९ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७१ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

८ अर्ब ५ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ४५ अर्ब रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर नेआम्दानी २१ रुपैयाँ १५ रुपैयाँ रहेको छ । बैंकको निष्कृय कर्जा ० दशमलव ४४ बाट ० दशमलव ३७ प्रतिशतमा झरेको छ । प्रति शेयर नेटवर्थ १३९.५७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS