IME Life

बाढी र डुबानबाट कृषि र औद्योगिक क्षेत्रमा ठूलो क्षति, बीमा कम्पनीमाथि अर्बभन्दा बढिको भार पर्ने

SPIL
NIC ASIA

काठमाडौं । गत असार २६ गतेदेखि पाँच दिनसम्म लगातार परेको अविरल वर्षाको कारण बाढी पहिरो तथा डुबानबाट पुगेको क्षतिको सबै विवरण भने आईसकेको छैन । जोखिम बहन गर्ने बीमा कम्पनीहरुमा भने बीमा दावी पर्ने क्रम जारी छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल बिमक संघका उपाध्यक्ष चंकी क्षेत्रीले बाढी पहिरोको कारण पुगेको क्षतिको बीमा दावी पर्ने क्रममा रहेको बताए । उपाध्यक्ष क्षेत्रीले राजधानी उपत्यकादेखि तराईका जिल्लाहरुमा कृषि, पशु, स्टक तथा सम्पत्ति बीमाको दावी पर्ने क्रममा रहेको बताए । क्षेत्रीले अहिले एकिन तथ्याङ्क आईनसकेको तर बीमा दावी गर्नेको संख्या उल्लेख्य रहेको बताए ।

लुम्बिनी जनरल इन्स्योेरेन्स कम्पनीका लाहान शाखाका प्रमुख अनिल कुमार यादवले हालसम्म तीन वटा बीमा दावी परेको जनाए । शाखा प्रमुख यादवका अनुसार बाहिर निस्केको कारण सर्पले टोकेर एउटा गाई मरेको भन्दै उजुरी परेको छ । त्यस्तै स्थानीय माछा व्यवसायीले दुई करोड मूल्यको पोखरी बगाएको दावी कम्पनी परेको छ । यादवका अनुसार स्टकमा मालस्तु भिजेको भन्दै अर्को बीमा दावी पनि परेको छ । वर्षा अझै नरोकिएका कारण सर्भेयर खटाउने काम बाँकी रहेको प्रबन्धक यादवले इन्स्योरेन्स खवरलाई जानकारी दिए ।

Prabhu
Crest

उता, सगरमाथा इन्स्योरेन्स कम्पनीका बिराटनगर शाखामा सात वटा बीमा दावी परेको छ । सो कम्पनीका बिराटनगर शाखा प्रमुख नारायण गौतमका अनुसार मोटर र प्रपर्टी बीमाको दावी परेका छन् । उक्त संख्या अझै बृद्धि हुने उनले बताए । गौतमले सर्भेका लागि भ्यलुएटरहरु तोक्ने काम सकिएको र छिट्टै मूल्याङ्कन गरिनेछ ।

त्यस्तै बाढीबाट सबैभन्दा धेरै प्रभावित रौतहटमा रहेको बीमा कम्पनीको शाखाहरुमा पनि बीमा दावी परेको छ । जनरल इन्स्योरेन्स कम्पनी बीरगन्जका शाखा प्रबन्धक धनन्जय थोकरले गौरमा धेरै क्षति भएको र ठूलो मात्रामा बीमा दावी परेको जानकारी दिएका छन् । बारा, पर्सा, रौतहट जिल्लामा कृषि प्रयोजनलाई बनाइएको पोखरी तथा पशुमा ठूलो क्षति पुगेको जानकारी दिए । त्यस्तै औद्योगिक क्षति अन्तर्गत स्टक र सम्पत्ति बीमाको दावी परेको बताए । बीमा दावी आउने क्रम जारी रहेकाले तत्काल यकिन तथ्याङ्कन दिन कठिन भएको थोकरले बताए ।

प्रारम्भिक रुपमा गरिएको अनुमान अनुसार अर्बभन्दा माथिको बीमा दावी पर्ने देखिएको छ । लगातारको बर्षाको कारण बीमा दावी परेपनि फिल्ड सर्भेक्षण गर्न नसकिएको बीमा कम्पनीहरुले जनाएका छन् । अविरल वर्षाको कारण तराईका जिल्लाहरु डुबानमा परेको थियो भने पहाडी क्षेत्रमा बाढी तथा पहिरोले ठूलो धनजनको क्षति पुर्याएको छ । तराईका जिल्लाहरुमा ठूलो आर्थिक क्षति पुगेको बीमा कम्पनीहरुमा परेको बीमा दावीबाट देखिन्छ । तराईका जिल्लाहरुमा रहेका प्रायः सबै निर्जिवन बीमा कम्पनीहरुमा बीमा दावी परेको नेपाल बीमक संघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS