IME Life New

कवाड बन्दै विश्वका करोडौँ कम्प्युटर, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका करोडौँ कम्प्युटर आज पनि विन्डो १० मा काम गरिरहेका छन्। माइक्रोसफ्ट छिट्टै ती कम्प्युटरमा सपोर्ट अन्त्य गर्न लागेको छ।

आउँदो अक्टोबारबाट विन्डो १० मा सपोर्ट अन्त्य गरिने भएको हो। यो अवस्थामा प्रयोगकर्तासँग दुईवटा विकल्प रहनेछ। ती कम्प्युटरलाई विन्डो ११ मा अपग्रेड गर्नुपर्नेछ। यसका अलावा प्रयोगकर्ताले ६ महिना अतिरिक्त सपोर्ट किन्न सक्नेछन्। यद्यपि अक्टोबर १४ बाट विश्वका करोडौँ कम्प्युटरलाई सेक्युरिटी सपोर्ट प्राप्त हुने छैन।

Esewa
Crest

अब प्रश्न उठ्ला कम्प्युटरमा सपोर्ट अन्त्य हुनुको अर्थ के हो ? यदि प्रयोगकर्ताले अनसपोर्टेड अपरेटिङ सिस्टम प्रयोग गरेमा थुप्रै काम गर्न सक्ने छैनन्।

सपोर्ट नभएका कम्प्युटर प्रयोग गर्दा प्रयोगकर्ता जोखिममा पर्न सक्छन्। प्रयोगकर्ताको व्यक्तिगत विवरण ह्याक हुन सक्छ।

साइबर विज्ञका अनुसार विन्डो १० का प्रयोगकर्ताले विन्डो ११ अपग्रेड गर्नुपर्छ। या त प्रयोगकर्ताले अर्को अपरेटिङ सिस्टम प्रयोग गर्नुपर्ने उनीहरुको सुझाव छ।

विन्डो ११ मा अपग्रेड गर्नका लागि कम्प्युटरको हार्डवेयर पनि आवश्यक पर्नेछ। विश्वमा थुप्रै यस्ता कम्प्युटर छन्, जसलाई विन्डो ११ मा अपग्रेड गर्न असम्भव रहेको छ।

क्रोम्ज ओएस फ्लेक्स वा लिनुक्स फोर्ब्सलाई मान्ने हो भने विश्वका ८० करोड कम्प्युटर विन्डो १० मा काम गरिरहेका छन्। विन्डो ११ का प्रयोगकर्ता साढे ४३ करोड रहेका छन्। त्यसैले विन्डो १० मा काम गरिरहेका प्रयोगकर्ताले आउँदो अक्टोबरसम्म आफ्नो कम्प्युटर विन्डो ११ मा अपग्रेड गर्नुपर्नेछ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS