काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतलब वैशाख ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
आर्थिक वर्ष २०८०/८१ का संस्थाले हाल कायम चुक्तापुँजीको कुल १४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश रहेको छ । सो प्रस्ताव पारित गर्न वैशाख २९ गते १६ औँ वार्षिक साधारणसभा गर्दैछ ।
कम्पनीले विगतका वर्षहरुबाटै नै आकर्षक लाभांश वितरण गरेको तथ्याङकले देखाएको छ । कम्पनीको १२ वर्षको लाभांश इतिहासलाई हेर्दा संस्थाले सबैभन्दा धेरै आर्थिक वर्ष २०७०/ ७१ मा लाभांश वितरण गरेको देखिएको छ । कम्पनीले उक्त आर्थिक वर्षमा कुल ४७ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा २७ दशलमव ३९ प्रतिशत बोनश रहेको थियो भने २० प्रतिशत नगद लाभांश रहेको थियो ।
संस्थाले आर्थिक वर्ष २०७९/ ८० मा कुल ७ दशलमव ३६८४ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमध्ये ७ प्रतिशत बोनश रहेको थियो भने ० दशलमव ३६८४ प्रतिशत नगद रहेको थियो ।
आर्थिक वर्ष २०७८/ ७९ मा कुल २३ दशलमव १५७९ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमध्ये २२ प्रतिशत बोनश शेयर रहेको थियो भने १ दशलमव १५७९ प्रतिशत बोनशमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश रहेको थियो ।
आर्थिक वर्ष २०७७/ ७८ मा कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा कम्पनीले २५ प्रतिशत नै बोनश शेयर मात्रै वितरण गरेको थियो ।
आर्थिक वर्ष २०६७ /७७ मा कुल १३ प्रतिशत लाभांश घोषणा गरेको थियो । जसमध्ये १२ दशमलव ३९०७ प्रतिशत बोनश शेयर रहेको थियो भने ० दशलमव ६५२१ प्रतिशत बोनशमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश रहेको थियो ।
आर्थिक वर्ष २०७५/ ७६ मा कम्पनीले कुल २८ दशलमव १५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमध्ये २६ दशलमव ७५ प्रतिशत बोनश शेयर रहेको थियो भने १ दशलमव ४ प्रतिशत नगद लाभांश रहेको थियो ।
आर्थिक वर्ष ७४ /७५ मा कम्पनीले कुल २१ दशलमव ०५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमध्ये कम्पनीले २० प्रतिशत बोनश शेयर वितरण गरेको थियो भने १ दशलमव ०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०७३/ ७४ मा कम्पनीले १७ दशलमव ५४ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमध्ये कम्पनीले १६ दशलमव ६६ प्रतिशत बोनश शेयर वितरण गरेको थियो भने ० दशलमव ८८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०७२/ ७३ मा कम्पनीले कुल ३२ प्रतिशत लाभांश वितरण गरेको थियो । कुल लाभांशमध्ये कम्पनीले ३० दशलमव ४ प्रतिशत बोनश शेयर वितरण गरेको थियो भने कर प्रयोजनका लागि १ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०७१/ ७२ मा कम्पनीले कुल ३६ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमध्ये कम्पनीले ३४ दशलमव २ प्रतिशत बोनश शेयर वितरण गरेको थियो भने १ दशलमव ८ प्रतिशत बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि वितरण गरेको थियो ।
आर्थिक वर्ष २०६९/७० मा कम्पनीले कुल १९ प्रतिशत लाभांश घोषणा गरेको थियो जसमा कम्पनीले १९ प्रतिशत नै नगद लाभांश मात्रै वितरण गरेको थियो ।