IME Life New

माछापुच्छ्रे बैंकको नाफा रु. १ अर्ब माथि, मुख्य सूचकहरुमा सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ८५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २८.८९ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७ करोड ७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३० करोड ३६ लाख रुपैयाँले ऋणात्मक थियो।

बैंकको सञ्चालन मुनाफा बढेर २ अर्ब ५ करोड ७८ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ३४ करोड ७१ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि ५२.७६ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी १०.४१ प्रतिशतले बढेको छ।

क्तापुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५ अर्ब ८२ करोड १२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिसम्म बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.५९ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.६८ प्रतिशत थियो। खराब कर्जा व्यवस्थापन गर्न बैंकले ७१ करोड ५६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १२.६५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.८१ रुपैयाँमा सीमित थियो। पीई रेसियो १७.८६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५६.२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS