IME Life New

विपद व्यवस्थापनमा असफल सरकारी संयन्त्र, जोखिममा सर्वसाधारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भूअवस्थिति र भूबनौटका कारण जलवायू परिवर्तनको उच्च जोखिममा रहेको नेपालमा यस वर्षको वर्षा मौसम शुरू हुनु अघिकै विपदजन्य घटनामा भएको क्षतिले मुख्य वर्षा मौसम (मनसुन सिजन) मा अवस्था झनै भयावह हुने संकेत गरेको छ।

रााष्ट्रिय विपत् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार माघ देखि चैत्र सम्म महिनामै विपदजन्य घटनामा उद्धारकर्मीसँगै ४१ जनाले ज्यान गुमाइ सकेका छन् । यसबाहेक आगलागी, बाढी पहिरोमा परेर २५७ जना घाइते भएका छन् । नेपालमा मध्य फागुन देखि मध्य जेठसम्मको अवधिलाई प्रि मनसुन अवधिका रूपमा चिनिन्छ।

Esewa
Crest

चैत्र महिनामा देशै भरका वनजंगलमा भएको भिषण आगलागी नियन्त्रणमा पनि सरकार चुक्यो। वैशाख महिना शुरू भएयताको वर्षाले वनजंगलको आगो ननिभेको भए सरकार मुक दर्शक बन्ने बाहेक अन्य कुनै भूमिका निर्वाह गर्ने अवस्थामा हुने थिएन।

विपदको प्रभाव न्यून गर्नका लागि विपदका घटनाको आंकलन, पूर्व सूचना प्रवाह र उच्च सतर्कतामा चुक्दै आएको सरकारले यस पटक पनि कुनै ठोस तयारी गरेको छैन । जनशक्ति र पूर्वाधार दुबैमा सरकारी पूर्व तयारीको अवस्था ज्यादै दयनीय छ।

गत वर्ष असोज महिनामा भएको बेमौसमी भारी वर्षासँगैको बाढीले तुलनात्मकरूपमा श्रोत सम्पन्न मानिने काठमाडौं उपत्यकाभित्रै सरकारी लापरवाहीले कम्तीमा १८ जना सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु पर्यो। धादिङमा पहिरोले यात्रु बाहक बस बगाउने र लेदो माटोले पुर्दा अनाहकमा ३५ जनाको ज्यान गएको थियो। यी घटनाहरूमा सरकारी संयन्त्रको लापरवाही मुख्य कारक रहेको थियो। धादिङको झ्याप्ले खोलाको पहिरोमा सवारी साधन पुरिनुका पछाडी स्थानीय प्रशासनले जोखिमपूर्ण अवस्थामा राजमार्गमा सवारी साधन गुड्न दिनु मुख्य कारक थियो। त्यस बाहेक पनि पहिरो गएको घण्टौंसम्म पनि स्थानीय प्रशासन यसबारे अनविज्ञ रहेको थियो, जसले गर्दा उद्धारमा निक्कै ढिलासुस्ती हुँदा मानवीय क्षतिको संख्या बढ्यो।

यस पटक पनि बस्तीहरूमा भन्दा राजमार्गमै पहिरो र बाढीका कारण पुनः ठूलो दुर्घटना र मानवीय क्षति हुने जोखिमलाइ नकार्न सकिन्न। काठमाडाैं प्रवेश गर्ने विपि राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, नारायगढ मुग्लिन सडक खण्ड, हेटाैंडासँग जोड्ने कान्ति पथ, कुलेखानी, फर्पिङको बाटो पनि उच्च जोखिमयुक्त छन् । कुनै पनि बेला अप्रत्याशित घटना हुन सक्छ। पर्याप्त जनशक्ति र साधनश्रोत नहुँदा उद्धारकार्यमा खटिएका सुरक्षाकर्मी हेरेको हेरै हुने अवस्था पुनः दोहोरिने निश्चित छ।

प्राधिकरणका अनुसार तीन महिनाको अवधिमा करोडौँ रुपैयाँ बराबरको सम्पत्ति, बालीनाली, सवारी साधनमा क्षति भएको छ। प्राधिकरणका अनुसार प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले समान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई नेपालका केही स्थानमा असिना पर्ने, हुरीबतास चल्ने, मेघगर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधि हुने गर्छ।

नेपालमा केन्द्र, प्रदेश, जिल्ला, नगर, गाउँपालिका स्तरमा समेत विपद उद्धार समितिहरू गठन गरिएका छन्। तर विपदका समयमा यी सबै तहका उद्धार संयन्त्रहरू बेकम्मा भएको अनुभूति हुन्छ। तत्काल सम्बोधन र समन्वयको अभाव पनि विपदको नोक्सानी बढ्नुमा मुख्य कारणमध्ये हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS