काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा १ लाख ११ हजार बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो। जसअनुसार संस्थाको १ लाख ११ हजार ६३९ कित्ता बोनस शेयर सूचीकृत भएको छ।
अघिल्लो आर्थिक वर्षमा संस्थाले आफ्ना शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।












