काठमाडौं । गत भदौ १० गतेको विनाशकारी भोटकोशी बाढीको विषयमा अन्तर्राष्ट्रिय विज्ञहरुले अनुसन्धान गरेका छन्। उनीहरुले आकास्मिक बाढी आउनुको प्रारम्भिक कारक पत्ता लगाएका छन्। यद्यपि, उनीहरु अझै अनुसन्धानमै छन्।
२० जनाभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरुले गरेको नयाँ वैज्ञानिक विश्लेषणअनुसार नेपाल–चीन सीमामा आएको विनाशकारी बाढी जटिल कारकहरुको मिश्रणको परिणाम हो। जसमध्ये धेरै मानव–प्रेरित जलवायु परिवर्तनले प्राकृतिक विपद बढाएको छ।
यो क्षेत्र अझै पनि साँघुरो पहाडी उपत्यका हुँदै बग्ने विनाशकारी बरफको चट्टान हिमपहिरोको प्रभावसँग जुधिरहेको छ। जसले सहर, सडक र पुलहरु ध्वस्त पारेको थियो। कम्तीमा १ हजार ३०० जनाको मृत्यु भएको छ र ५ हजारभन्दा बढी बेपत्ता भएका छन्।
उद्धार प्रयासहरु पुनप्र्राप्ति कार्यमा परिणत हुँदै जाँदा र देशले ठूलो पुनर्निर्माण कार्य सुरु गर्दै गर्दा विश्वभरका वैज्ञानिकहरुले यो त्रासदीको कारण के हो भनेर बुझ्न खोजिरहेका छन्।
विज्ञहरुका अनुसार भदौ १० गत लगभग २ हजार फिट चौडा चट्टान र हिमनदीको बरफको विशाल टुक्रा लाङटाङ लिरुङ पहाडबाट फुटेर लगभग ७ हजार फिट तल नदीमा खस्यो। जसले ५.२ म्याग्निच्युडको भूकम्पबराबर ऊर्जा निस्कासन गर्यो। यो यति छिटो खस्यो कि बरफ लगभग तुरुन्तै पग्लियो। प्रवाहले ओसिलो माटो र भग्नावशेष पनि बोकेको थियो र सम्भवतः उपत्यकाको भुइँमा गाडिएको हिउँसँग ठोक्किएको थियो। जसले गर्दा बाढीको छाल अझ शक्तिशाली भयो र २० माइलभन्दा बढी यात्रा गर्यो।
नेदरल्यान्ड्सको उट्रेच विश्वविद्यालयका पर्वतीय जलविद् वाल्टर इम्मरजिलले यो हिमालयमा ‘अभूतपूर्व प्रकोप’ भएको बताएका छन्।
चरम मौसमी घटनाहरुमा जलवायु परिवर्तनको भूमिकाको अनुसन्धान गर्ने नेटवर्क वर्ल्ड वेदर एट्रिब्युसन (डब्ल्यूडब्ल्यूए)का हिमनदीविद् र जलवायु वैज्ञानिकहरुको टोलीले उक्त घटनाको अनुसन्धानपछि प्रारम्भिक रुपमा आफ्नो विश्लेषण प्रतिवेदन बुधबार जारी गरेको छ। प्रतिवेदनअनुसार विपत्ति एउटै चरम मौसमी घटनाको कारणले भएको थिएन। धेरै प्रक्रियाहरुको अन्तर्क्रियाबाट भएको थियो। जुन दशकौँदेखि जीवाश्म इन्धन प्रदूषणका कारण विश्वव्यापी तापक्रम बढेको छ।
वैज्ञानिकहरुले पत्ता लगाए कि २०७२ सालको ७.८ म्याग्निच्युडको भूकम्पले पहाडको दक्षिणी भागबाट चट्टान र बरफको हिमपहिरो खसेर ढलानलाई कमजोर बनाएर पहाड भत्किने अवस्थामा रहेको हुन सक्छ। ‘त्यसबेलादेखि पहाडमा पहिरो जाने क्रम बढेको थियो’, प्रतिवेदनमा भनिएको छ।
त्यसपछि वैज्ञानिकहरुले जलवायु परिवर्तनको भूमिकालाई हेरे र पत्ता लगाए कि धेरै प्रक्रिया एकैसाथ सञ्चालन भइरहेका थिए। जलवायु परिवर्तनले हिमालयमा ‘शून्य डिग्री’ रेखालाई धकेलिरहेको छ। वायुमण्डलको त्यो विन्दु, जहाँ तापक्रम ० डिग्री सेल्सियस (३२ फरेनहाइट) पुग्छ र प्रत्येक दशकमा ३२० फिटभन्दा बढी हुन्छ।
प्रतिवेदनमा बढ्दो तापक्रमले विशेषगरी घटना भएको उचाइ नजिक नेपालका अग्ला पहाडहरुमा पर्माफ्रस्ट (बरफ, चट्टान, बालुवा र माटोको मिश्रण। जसले ग्लुको रुपमा काम गर्न सक्छ)लाई कमजोर बनाउँदैछ। इमरजिलले भने, ‘पर्माफ्रस्ट पग्लिनुले चट्टानको शक्ति घटाउँछ र ढलानबाट धेरै पानी बग्न दिन्छ।’
हिमनदी परिवर्तन अर्को महत्वपूर्ण कारक हो। प्रतिवेदनमा हालैका दशकहरुमा विशेषगरी सन् २०१० पछि लाङटाङ–लिरुङ हिमनदी उल्लेखनीय रुपमा पातलो र संकुचित भएको उल्लेख छ। जसले गर्दा ढलान कम स्थिर भएको छ र पग्लिएको पानी चट्टानका दरारहरुमा चुहिन थाल्यो।
अनुसन्धानकर्ताहरुले घटना हुनुभन्दा अघिको मौसमी अवस्थालाई पनि हेरे। गत शरद ऋतु, अक्टोबर र नोभेम्बरको सुरुमा यस क्षेत्रमा भारी हिमपात भएको थियो। त्यसपछि जुलाई र अगस्टमा स्थानीय रुपमा रेकर्ड गरिएका सबैभन्दा तातो महिना थिए। जसले ठूलो मात्रामा पग्लिएको पानी उत्पन्न गर्यो र ढलानहरुलाई अझ कमजोर बनायो।
ऐतिहासिक तथ्यांक र जलवायु मोडेलहरु प्रयोग गरेर अनुसन्धानकर्ताहरुले पत्ता लगाए कि जलवायु परिवर्तनका कारण त्यस क्षेत्रमा जुलाई र अगस्टको तापक्रम अहिले लगभग १.५ डिग्री सेल्सियस (२.७ फरेनहाइट) बढी छ। यस क्षेत्रको वार्षिक तापक्रम २ डिग्री सेल्सियस (३.६ फरेनहाइट)ले बढेको छ। जुन विश्वव्यापी औसतभन्दा उल्लेखनीय रुपमा बढी हो।
अध्ययनले विश्वव्यापी तापक्रम वृद्धि र बढेको हिमपात र वर्षाबीच कुनै स्पष्ट सम्बन्ध फेला पारेन। यद्यपि, समग्रमा इम्पेरियल कलेज लन्डनका जलवायु विज्ञानका प्राध्यापक फ्रेडरिक ओटोले भने, ‘यस प्रकोपका लागि पूर्वसर्तहरु सिर्जना गर्न मानव–प्रेरित जलवायु परिवर्तनले भूमिका खेलेको कुरामा कुनै शंका छैन।’
वैज्ञानिकहरुले निष्कर्ष निकाले कि यो घटना यसको आकार, गति र जटिलताको हिसाबले यस क्षेत्रमा पहिले अनुभव गरिएको कुनै पनि कुराभन्दा फरक थियो। ‘अवस्थित प्रारम्भिक चेतावनी प्रणालीहरुमध्ये कुनै पनिले पर्याप्त समय प्रदान गर्न सक्दैनथ्यो’, उनीहरुले भने।
ओटोले भने, ‘यो ती घटनाहरुमध्ये एक हो, जुन हाम्रो अनुकूलन क्षमताको सीमाभन्दा बाहिर छ। जबसम्म संसारले जीवाश्म इन्धनबाट हुने प्रदूषणलाई द्रुत रुपमा कम गर्दैन तबसम्म मामी निश्चित रुपमा यस स्तरका थप प्रकोपहरु थुप्रै देख्नेछौँ।’ –सीएनएनबाट












