IME Life New

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ४९ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९३ अंकले बढेर २,६२४ को विन्दुमा कायम भएको छ । आज १७७ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस लघुवित्तका लगानकिर्ताले १२ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाइड्रोका लगानकिर्ताले ५ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले २ दशमलव ९७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS