काठमाडौं । शेयर बजार बिहीबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। आज जीवन बीमा समूह सर्वाधिक १.०८ प्रतिशतले बढ्दा लगानी समूह सर्वाधिक ०.१८ प्रतिशतले घटेको छ।
आज बजारमा १७७ कम्पनीको शेयरभाउ बढेको छ भने ८५ वटाको घटेको छ। यो दिन १६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ५ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सिद्धार्थ बैंकको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













