IME Life New

आरएसडीसी लघुवित्तको नाफामा संकुचन, ईपीएसमा पनि गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ६ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ११ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ३७.६६ प्रतिशतले घटेको छ।

Esewa
Crest

तेस्रो त्रैमाससम्म संस्थाले १४ करोड १ लाख सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २० लाख ३४ हजार रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सञ्चालन ३१.१३ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म संस्थाले १७ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १८ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। संस्थाको ब्याज आम्दानी ७.६८ प्रतिशतले घटेको छ।

चुक्तापुँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर १७ करोड ८५ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १६ करोड ४५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म संस्थाले ६ अर्ब ३० करोड ७६ लाख रुपैयाँ सापटी लिएर ६ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष संस्थाले ५ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ सापटी लिएर ६ अर्ब ३० करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिसम्म संस्थाले खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.१३ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि संस्थाको एनपीएल २.९९ प्रतिशत थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९.०१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १५.८३ रुपैयाँमा थियो। पीई रेसियो ७८.१७ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १२२.७८ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS