IME Life New

आइएमई जनरलको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं :आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । यसअघि श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धक तथा का.मु. प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

Esewa
Crest

श्रेष्ठ २३ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ३ वर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले १ अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ ।

कार्यकारी अधिकृतको सफथ लिंदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समिति, शेयधनीहरु, कम्पनीमा व्यवस्थापकिय पदमा कार्यरत कर्मचारी, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायत समस्त कर्मचारी, ग्राहकलाई भन्यवाद दिएका थिए ।

इन्स्योरेन्सले ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालय नक्सालबाट ३६५ दिने बीमा सेवा शुरु गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS