IME Life New

मर्जरमा जान तयार भए २० वाणिज्य बैंक, कुन कुन हुन् प्रतिबद्धता पत्र बुझाउने संस्था?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले असार १२ गते बिहीबार वाणिज्य बैंकहरूलाई मर्जरमा जान निर्देशनात्मक सल्लाह दिएको थियो । सोही अनुरुप धमाधम बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा प्राप्तीका लागि नेपाल राष्ट्र बैंकमा प्रतिबद्धतापत्र बुझाउन थालेका हुन् । मर्जरमा जाने बैंक तथा वित्रीय संस्थाहरुको संख्या दिनप्रतिदिन बढदै गएको छ ।

नेपालमा हाल संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमध्ये २० वटा बैंकले ार्जरका लागि नेपाल राष्ट्र बैंकमा लिखित प्रतिबद्धता पत्र पेश गरेका छन् । यसअघि १७ वटा वाणिज्य बैंकले मात्र प्रतिबद्धता पत्र पेश गरेका थिए ।

Esewa
Crest

राष्ट्र बैंकको अनुसार तीन विकास बैंक र तीन लघुवित्त कम्पनीले पनि मर्जरका लागि लिखित प्रतिबद्धता पेश गरेका छन् । आगामी आर्थिक वर्ष २०७६र७७ को मौद्रिक नीति आउनुअघि नै मर्जरका लागि जोडी खोजेर आउन राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिएको थियो । सोही अनुसार धमाधम बैंक तथा वित्तीय संस्थाहरु जोडी बनाउने क्रममा रहेका छन् ।

हाल सम्म मर्जरको लिखित प्रतिवद्धता पत्र बुझाउने बैंकहरुमा एनएमबी बैंक, सनराइज बैंक, सिटिजन बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, सेन्चुरी कर्म्सियल बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल बैंक, जनता बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, कुमारी बैंक, मेगा बैंक, सद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टड बैंक र नेपाल बंगलादेश बैंक रहेका छन् ।

त्यस्तै राष्ट्र बैंकमा प्रतिबद्धता पेश गर्ने विकास बैंकहरूमा सांग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक र सहयोगी विकास बैंक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS