जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष प्रति बर्ष बढ्दै गएको छ । गत आर्थिक बर्षको अन्त्यसम्ममा कम्पनीहरुको जीवन बीमा कोष १ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार बढ्दै गए पनि उचित लगानीको क्षेत्र भने नभेटिएको विमकहरुको गुनासो छ । सरकारले सुरक्षित र लामो अवधिको लगानी क्षेत्रको खोजी गर्नुपर्ने विमकहरु बताउँछन् ।
(श्रोत:- बीमा समिति)
जीवन बीमा कम्पनीहरुलाई लगानीका लागी बीमा समितिले निश्चित क्षेत्र तोकि दिएको छ । तर, हाल कम्पनीहरुको ८० प्रतिशत भन्दा बढी लगानी बैंक तथा वित्तिय संस्थाको मुद्धती निक्षेपमा मात्रै थुप्रिएको छ । यद्यपी वित्तिय संस्थाको मुद्धती निक्षेप कम्पनीको लगानीको लगानी क्षेत्र नभएको विमकहरु नै स्वीकार्छन् । तर, अन्य उपयुक्त क्षेत्र नभएकाले सुरक्षितका लागी मुद्धति निक्षेपको विकल्प नभएको उनीहरु बताउँछन् ।