IME Life New

शेयर कथा : बजारमा यसरी फस्छन नयाँ लगानीकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

“शेयर बजारबाट मान्छेहरुले कति धेरै पैसा कमाईसकेका छन रे ! छिमेकी रीताको बुढाले शेयरमा १० लाख लगानी गरेको रे ! १ महिनामा १५ लाख पुगी सक्यो रे, अब कुनै दिन त्यही शेयरको पैसाले घडेरी पनि किन्न पुग्छ रे । ”
श्रीमान कार्यालयबाट घर आउने बित्तिकै श्रीमातीले यसो भन्दा राम केही बोल्दैन। एक छिन पछि मुख पुछेर चिया पिउँदै उसले भन्छ “ हेर नानु! हामीले जहिले पनि जानेको काम गर्नु पर्छ, नजानेको क्षेत्रमा पैसा लगानी गर्नु भनेको अँध्यारोमा ढुङ्गा हान्नु हो, फेरी हामीसँग शेयरमा लगानी गर्ने त्यति धेरै पैसा पनि छैन ।”

रामले यसो भन्दा सीता रिसले चुर भएको अवस्था थियो । रिसालु स्वरमा भन्छिन् “छिमेकीले शेयरबाट कमाएर घडेरी किन्न लागिसके, तिमीले चाहिं मलाई जहिले पनि अर्काको कोठामा नै राखेर जीवन बिताउने भएछौ, यस्तो मान्छेले के बिहे गर्नु ?

Esewa
Crest

श्रीमतीको किच किच सुनेर राम कोठामा बस्न सक्दैन र केही कामको बहानामा राम बाहिर निस्किन्छ । बाहिर घर छेउको चिया पसलमा चिया पिउंछ। चिया पसलमापनि शेयरको नै कुरा हुँदै थियो। एकजनाले भने मैले अवकाशपछि पाएको सबै पैसा शेयरमा हालेको अहिले म करोडपति भईसके। म बजार छिर्दा १३०० थियो बजार अहिले १७०० पुगिसक्यो । यो अरू काम गर्नु भन्दा शेयर नै ठिक छ। अझै यो बजार त २५०० पुग्छ रे ? अब मलाई जीवन भर पैसा पुग्ने भयो ।

श्रीमतीले भनेको कुरामा रामको अब ध्यान जान थाल्यो र चियाको अन्तिम चुस्की सकाएर उ घर फर्कियो। घर फर्किदा श्रीमती कोठा थुनेर बसेको अवस्थामा भेट्यो । ७ बज्दा समेत भान्छामा खानको कुनै सुरसार थिएन। रामले किन खाना बनाउन सुरु नगरेको प्रश्नमा निकै रिसालु मुद्रामा उत्तर आउँछ “मेरो जिन्दगी खाना बनाउनमा नै सकिने भयो, जीवनमा तिमीले कमाएको पैसा भनेको महिनाको एक पटक मासु र दाल भात बाहेक अरू केही पनि गर्न नसकिने भयो ।”

सीताको कुरा र चिया पसलमा शेयरको कुरा सुन्दा रामले अब भने शेयर बजारमा प्रवेश गर्ने निधो र्गयो। उसले श्रीमतीलाई भन्यो “ हुन्छ सीता अब हामी शेयरमा लगानी गर्ने तर हामीसँग शेयर बजारमा लागी गर्ने ठुलो पुँजी कहाँ छ र ?“ सीताले भनिन् “हजुरले पैसाको चिन्ता लिनु पर्दैन। ”

रामसँग नागरिक लगानी कोष र सञ्चय कोषमा सञ्चित पैसा थियो, सीता सँग बिहेमा प्राप्त केही ५ लाखको सुन थियो । दम्पतीले सहकारीबाट १५ प्रतिशतमा लोन लगे, संचयकोष र लगानीकोषको सञ्चित रकम गरी करिब २० लाख रुपैयाँ जति पैसाको जोहो गर्छन् । दिन भर अफिस जानु पर्ने भएकाले शेयर कारोबार सम्बन्धी सम्पूर्ण जिम्मा रामले सीतालाई सुपिन्छ। सीता अब छिमेकी रीतालाई लगेर ब्रोकर अफिस जान्छिन् । ब्रोकर अफिस निकै प्याक थियो । पहिलो दिन रीताको सल्लाहमा सीताले करिब २ लाखको मकालु जनरल इन्स्युरेन्सको शेयर किनिन ।

बेलुका सीता निकै खुसी हुँदै रामलाई मकालु जनरल इन्स्युरेन्सको शेयर किनको बताइन् । रामले किन त्यो कम्पनीको शेयर किनेको भनेर प्रश्न गर्दा ६०० प्रतिशत राइट आउँदै छ भनेर किनेको बताईन।

बजार वृद्धि हुँदै गयो । सबै भए भरको पैसा उनले राइट आउने कम्पनी भन्दै लगानी गर्दै गइन।

१७५० मा बजार छिरेकी उनले १८५० पुग्दा सम्म राम्रो पैसा कमाईन, उनको बजार प्रति अझै धेरै माया बढेको छ । उनी आफू सँग भएको सबै पैसा हाल्दै गइन।

सोही ब्रोकरमा करिव १० वर्ष देखि संलग्न एक पाका लगानीकर्ता थिए। बजारले १८०० अंक काट्दा उनी यो बजार २५०० पुग्छ भन्दै हल्ला गर्थे, त्यही हल्लाको पछि लागेर सीता अझै शेयर किन्दै गईन। उनको लजिक थियो “ बजारमा यतिका वर्ष काम गरेको मान्छेले शेयर बजार २५०० पुग्छ भन्दै छ कसो नपुग्ला र ? तर ती पाका लगानीकर्ता भने भित्र भित्र अर्को ब्रोकरबाट शेयर बेच्दै रहेछन।

शेयर बजारबाट आफूले कमाउन थालेको कुरा उनले आफ्नो साथीभाइलाई भन्दै गइन । उनको देखेर धेरै साथीभाइले पनि पैसा लगाउँदै गए ।

बजार घट्न थालिसकेको थियो, त्यही पनि उनी शेयर बेच्ने मुडमा भईनन। उनले लगानी गरेको निकै ठुलो रकम उनले शेयर बजारबाट गुमाई सकेको अवस्था थियो ।

सञ्चय कोष, लगानीकोषको रकम, सुन बेचेको पैसा त आफ्नै थियो तर सहकारी बाट लागेको कर्जाले अप्ठेरोमा पार्दै गयो। अन्त्यमा उनीले सहकारीको कर्जा तिर्न शेयर बेच्नु र्पयो, त्यो बेला ठुलो घाटा भइसकेको थियो।

निष्कर्ष
शेयर बजारमा धेरै नयाँ लगानीकर्ताहरू जहिले पनि बजार निकै वृद्धि भैसकेको अवस्थामा प्रवेश गरेको पाइन्छ। शेयर बजार बढेको बेला चिया पसल देखि, पानी पुरी बेच्ने ठाउँमा समेत शेयर बजारको चर्चा हुन्छ। फलानोले यति कमायो अर्को ले यति कमायो भन्ने कुरा दिनहुँ जसो हुन्छन्। यही कुराले गर्दा शेयर बजारको ज्ञान नहुँदा हुँदै पनि नयाँ लगानीकर्ताहरू शेयर बजारमा प्रवेश गर्छन्। शेयर बजार घटेको बेला शेयर बजारको चर्चा त्यति सुनिँदैन, बजारबाट धेरै मान्छेले पैसा गुमाएको कुरा मात्र हुने भएकाले नयाँ लगानीकर्ताहरू शेयर बजारमा त्यति रुचि राख्दैनन ।

बजार धेरै घटेको र शेयर बजारको त्यति चर्चा नभएको बेला हो नयाँ लगानीकर्ताले प्रवेश गर्ने । नयाँ लगानीकर्ताहरूले बजार घटेको बेला आफू सँग सञ्चित भएको थोरै थोरै रकम लगानी गरेर शेयर बजारमा प्रवेश गर्नु पर्छ। जब त्यो थोरै थोरै पैसाको लगानीबाट शेयर बजार जानिन्छ, अभ्यस्त हुदै गइन्छ त्यसपछि मात्र हो ठुलो पैसा लगानी गर्ने। शेयर बजारमा मन्दी आएको बेला हामीले थोरै थोरै पैसा बाट अनुभव लिन सकेनौ भने राम र सीताको जस्तै बजार फुलेको बेला हामी फस्न सक्छौ।

शेयर बजारमा पैसा भएको मान्छेको भेट अनुभव भएको मान्छे सँग हुन्छ र केही समय पछि अनुभव भएको मान्छे सँग पैसा हुन्छ र पैसा भएको मान्छे सँग अनुभव। त्यसैले शेयर बजार घटेको र चर्चा नभएको बेला नै हो शेयर बजारमा लगानी गर्ने र शेयर बजारमा कारोवार गर्न आफुलाई चाहिने अनुभव लिने ।

स्पस्टिकरण :  कथाका पात्रहरु काल्पनिक हुन !!!

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS