काठमाडौं । आज नेप्से परिसूचक १३ दशमलव ४६ अंकले घटेर २,७६६ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले ७ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् ।













