काठमाडौं । आज नेप्से परिसूचक १३ दशमलव ४६ अंकले घटेर २,७६६ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ४ अर्ब ७० करोड माथिको शेयर कारोबार हुँदा एभरेष्ट बैंकको अपरिवर्तिय ऋणपत्रको सबैभन्दा धेरै कारोबार भएको छ। यस दिन सो बैंकको ३४ करोड १ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको हो । आँखुखोला जलविद्युतको ३२ करोड ५ लाख रुपैयााको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १८ करोड ५२ लाख रुपैयााको शेयर कारोबार भएको छ ।













