काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त २३ सहकारीका सञ्चालकहरुको नामावली सार्वजनिक गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको कार्यालयले विभिन्न मितिमा समस्याग्रस्त घोषणा गरेको सहकारी संस्थाका सञ्चालकहरुको नामावली सार्वजनिक गरेको हो। योसँगै ती सञ्चलाकहरुले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा कार्यालयललाई सूचना दिन पनि आग्रह गरिएको छ।
समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरुले सम्बन्धित सहकारी संस्थाको दायित्व फरफारक, ऋण असुली, सम्पत्ति र अन्य स्रोतसाधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको कार्यालयमा सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग पुर्याउन पनि कार्यालयले आग्रह गरेको छ।
अन्यथाबमोजिम कारबाही हुने चेतावनी पनि कार्यालयले दिएको छ।
सहकारी संस्थाका संञ्चालकहरुको उपलव्ध नामवली सहितको विवरण _mrucgqp











