काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ४६ अंकले घटेर २,७६६ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७० करोड माथिको शेयर कारोबार भएको छ । आज एभरेष्ट बैंकको अपरिवर्तिय ऋणपत्रको सबैभन्दा धेरै कारोबार भएको छ। यस दिन सो बैंकको ३४ करोड १ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको हो । आँखुखोला जलविद्युतको ३२ करोड ५ लाख रुपैयााको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १८ करोड ५२ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले ७ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चर २०८४ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० दशमलव ४८ प्रतिशतकाले गुमाएका हुन् ।












