प्रिमियर इन्स्योरेन्स कम्पनीले बोनस दिने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको २६१ औँ बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८३.९९ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।
कम्पनीले आफ्ना सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ७९.७९ प्रतिशत बोनस तथा ४.२० नगद लाभांश गरी कुल ८३.९९ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ५८ करोड ४० लाखको ७९.७९ प्रतिशत बोनस बापत ४६ करोड ६० लाख वितरण गर्ने छ भने कर प्रयोजनका लागि २ करोड ४५ लाख वितरण गर्नेछ ।
बोनस बितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड नाघ्नेछ ।
कम्पनीको प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा कार्यान्वयन हुने छ ।