IME Life New

प्राइम लाइफको नयाँ जीवन बीमा योजना ‘प्राइम जीवन उपहार बीमा’ के छन नयाँ विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जिबन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो दशौ वार्षिकोत्सवको उपलक्ष्यमा ‘प्राइम जीवन उपहार बीमा’ नामक नयाँ बीमा लेख बजारमा ल्याएको छ। जीवन उपहार बीमालेख खरिद गर्दा बीमितले त्यतिनै बराबरको थप अर्को जीवन उपहार बीमालेख उपहारका रुपमा सित्तैमा पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टारार्इले बताए।

यसरी उपहार पाएको बीमालेखको बीमा शुल्क तिर्नु पर्दैन। साथै उपहारको रुपमा पाएको बीमालेख बराबरकै बीमाङ्क रकम र बोनस पनि पाउन सकिने भट्टरार्इले जनाए। बजारमा नयाँ नयाँ बीमालेख ल्याउने क्रममा बीमितलार्इ धेरैभन्दा धेरै फाइदा पुर्याउने हिसावले यस्तो बीमालेख ल्याइएको उनले प्रस्ट पारे।

Esewa
Crest

यो बीमालेख १६ बर्षभन्दा माथिका नेपाली नागरिकले खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। साथै बीमालेख खरिद गर्दा बीमाङ्क रकम न्युनतम ५ लाख रुपैयाँदेखि सुरु हुने छ। यदि बीमितले १० लाख रुपैयाँको प्राइम जीवन उपहार बीमालेख खरिद गर्यो भने उसले एक वर्षपछि १० लाख रुपैयाँ बराबरकै अर्को बीमालेख पाउछ। मूल बीमा लेखको बीमा शुल्क तिरेपछि उपहार स्वरुप पाएको बीमालेखको बीमा शुल्क तिर्नु पर्दैन।

यदि ३० वर्षको मानिसले बीमाङ्क रकम १० लाख रुपैयाँ बराबरको जीवन बीमा उपहार बीमालेख १६ वर्षमा परिपक्व हुने गरि खरिद गर्यो भने उसले वार्षिक ९१ हजार ६३० रुपैयाँ बीमा शुल्क तिर्नु पर्छ। मूल बीमा लेख र एक वर्ष पछि प्राप्त गरेको उपहार स्वरुप प्राप्त गरेको बीमालेख एकै दिन परिपक्व हुन्छ।

यो बीमा लेख १६ वर्षपछि परिपक्व हुँदा बीमितले बीमाङ्क रकम र बोनस सहित ३२ लाख ५५ हजार रुपैयाँ पाउन सक्छ। यो रकम कम्पनीको बोनस दरको कारणले केहि तलमाथि हुन सक्छ।

यदि बीमितको दुर्घटना बीमा समेत लिन चाहेमा ऐच्छिक रुपमा लिन पाउँछ। यस्तो बीमा गर्दा बीमितको मृत्यु भएमा बीमितको परिवारले ५० लाख रुपैयाँसम्मको क्षतिपुर्ती पाउन सक्ने छन्। यदि बीमितको बीमा अवधि नसकिदै मृत्यु भएमा मूल बीमा लेख र उपहारस्वरुप पाएको बीमा लेखको बीमा लेख बराबरको रकम र बोनस पाउँन सक्छन्।

नयाँ बीमा लेख ‘प्राइम जीवन उपहार बीमा’ सार्वजनिक गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले नयाँ खाले बीमा पोलिसीहरुले बीमा क्षेत्रको विकासमा सहयोग पुर्याउने धारणा राखेका थिए । प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले प्राइम लाइफ इन्स्योरेन्सको नयाँ बीमा लेख ‘प्राइम जीवन उपहार बीमा’ मार्फत नागरिकहरुले डबल फाईदा लिन सक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS