IME Life New

एलआइसि नेपालले अधिकतम बोनस दर ८५ रुपैयाँसम्म दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपाल लिमिटेडले बिमितलाई प्रतिहजार न्युनतम ६१ देखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । नेपालमा सबभन्दा राम्रो मानिएको नेपाल लाईफ इन्स्युरेन्सभन्दा पनि बढि दिने कम्पनीमा एलआईसीले आफ्नो सर्बाधिक बोनस दर प्रतिहजार ८५ रुपैयाँसम्म दिने निर्णय गरेको छ।

आर्थिक वर्ष ०७३/०७४ का लागि बिमितलाई नयाँ बोनस दर निधारण गरेको कम्पनीले जनाएको छ । कम्पनीले ल्याएको जीवन आस्था योजनामा प्रतिवर्ष न्युनतम ८० देखि ८५ रुपैयाँसम्म बोनस दिने भएको छ, जुन छोटो समयमा दिने बीमा प्रतिफलमा आकर्षक रहेको छ।
सावधिक आजिवन जीवन बीमामा वर्ष हेरी न्युनतम ६१ देखि ८५ रुपैयाँसम्म बोनस दिने भएको छ । जीवन तरङ बीमामा न्युनतमा ६१ देखि ७२ र अग्रिम भुत्तानी सावधिक जीवन बीमामा प्रतिहजार ६१ देखि ६३ रुपैयाँसम्म बोनस दिने एलआईसीले जनाएको छ ।

Esewa
Crest

हाल कम्पनीको चुक्ता पुँजी १ अब ३३ करोड ४६ लाख ७७ हजार ५ सय छ। हाल कुल १८ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् । जसमा यही आर्थिक वर्षमा थपिएका ९ वटा र नेप्सेमा सूचीकृत रहेका पुराना ७ वटा गरी कुल १६ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् । पहिलेदेखि नै सञ्चालनमा रहेको जीवन बिमा कम्पनीले बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS