IME Life New

सानिमा लाइफ इन्स्योरेन्सले गर्यो नयाँ प्रयाश, अब एनआरएनहरुको जीवन बीमा नेपालमै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं फाल्गुन १३। अब एनआरएनहरुको जीवन बीमा नेपालमै हुने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले एनआरएनहरुको जीवन बीमा गराउने प्रक्रिया अघि बढाएको हो । सानिमा लाइफले नेपाली बैंकमा खाता खोल्नुपर्ने र नेपाली रुपैंयाँमै बीमा शुल्क लिने गरि एनआरएनहरुको जीवन बीमा गराउने योजना अघि बढाएको नायव महा प्रबन्धक केशबराज केसीले बताए ।

‘नेपाली बैंकमा नेपाली रुपैंयाँमा प्रिमिय लिने र नेपाली रुपैंयाँमै नेपाली बैंकमै दावी भुक्तानी दिने गरि एनआरएनहरुको जीवन बीमा गराउने योजना अघि सारेका छौं’, सानिमा लाइफका नायब महाप्रबन्धक केसीले विकासन्युजसँग भने । उनले अधिकतम २५ लाख रुपैंयाँसम्मको बीमा गराउने गरि सानिमा लाइफ सरल नामको पोलिसी ल्याएको पनि बताए । ‘सानिमा सरल पोलिसी अहिले कार्यान्वयनमै छ, त्यसैमा एनआरएनहरुलाई समेट्न खोजेका हौं’, केसीले भने ।

Crest

एनआरएनहरुको समुहले सञ्चालन गरेको सानिमा लाइफले एनआरएनमा आवद्ध संघ संस्थाहरु मार्फत नै बीमा गराउन लागेको हो । ‘एनआरएनका संघहरुसँगको समन्वयमा बीमा गराउने हो, दावी भुक्तानीको आधारका लागि तिनै एनआरएनका संघ र विदेशस्थित नेपाली दुतावासहरुसँग समन्वय हुनेछ’, केसीले भने ।

केसीले एनआरएनहरुको जीवन बीमा गराउँदा प्रीमियम असुली र दावी भुक्तानी फर्छौटका बारेमा बीमा समितिसँग पनि पटक पटक समन्वय गरिसकेको छ । समितिले तत्कालका लागि सानिमा सरल योजना मार्फत नै बीमा गराउन र निकट भविष्यमै एनआरएनहरुका लागि छुट्टै पोलिसी बनाउन सुझाएको थियो ।

‘अहिलेलाई पुरानौ पोलिसीबाट र अलिपछि छुट्टै पोलिसी बनाउन सुझाव दिएका छौं, समितिले पनि एनआरएनहरुको बीमा गराउँदा पेमेन्ट गेटवे के हुन्छ, दावी भुक्तानीलाई कसरी पारदर्शी बनाउन सकिन्छ भनेर छलफल गरिरहेका छौं’, बीमा समिति श्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS