IME Life New

रिलायन्स लाईफ इन्स्योरेन्सले ६३ करोड बराबरको साधारण सेयर निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले ६३ करोड रुपैयाँ बराबरको साधारण सेयर निकाष्शन गर्ने भएको छ । कम्पनीको  प्रथम बार्षिक साधारण सभाले साधारण सेयर निकाष्शन गर्ने प्रस्ताव पारित गरेको हो। हाल संस्थापकबाट रु १ अर्ब ४७ करोड चुक्ता पूँजी रहेको र कम्पनीले निकट भविष्यमा सर्वसाधारणको लागी रु ६३ करोडको शेयर जारी गर्नेछ । सर्वसाधारण शेयर जारी पछि कम्पनीको चुक्ता पुँजी रु २ अर्ब १० करोड पुग्नेछ।

सभाबाट सञ्चालकहरु तारा चन्द केडिया, भरत कुमार तोदी, जगदीशकुमार अग्रवाल, अमित कुमार बेगानी तथा सुन्दर कडेल नियुक्त भएका छन् ।कम्पनीको संचालक समितिले अध्यक्षमा ताराचन्द केडियालाई सर्वसम्मत रुपमा चयन गरेको छ । केडिया सिद्धार्थ बैंक, सिद्धार्थ इन्स्योरेन्स लगायत विभिन्न संस्थामा संचालक रहिसकेका अनुभबी तथा सफल व्यवसायी मानिनछन्।

Esewa
Crest

“खुलेर जिऔं” भन्ने नाराका साथ सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको व्यवसाय फराकिलो पार्न नेपालभर शाखा तथा उप–शाखा कार्यालयहरु विस्तारलाई प्राथमिकतामा राखेको उल्लेख गरेको छ । हरेक नेपालीको भविष्य सुरक्षित, सुनिश्चित तथा सुखमय बनाउन सहयोग पुर्याउने उद्देश्य रहेको पनि कम्पनीको भनाई छ ।

कम्पनीद्वारा हाल मेरो मुटु बालयोजना, सुखमय जीवन (सवाधिक तथा आजीवन), सुरक्षित जीवन (सवाधिक), धन फिर्ता (१५ र २० वर्ष), जीवन शान्ति बीमा योजनाहरुद्वारा ग्राहकहरुलाई सेवा दिदै आएको छ । साथै कम्पनीले हालै ७, ११ र १८ घातक रोगहरु विरुद्धको रक्षावरण र सामुहिक म्यादी बीमा योजना पनि अघि ल्याएको छ, जुन नेपाली जिबन बीमा कम्पनीहरु मध्ये पहिलो रहेको कम्पनीले जनाएको छ । निकट भविष्यमा यस कम्पनीले थप ३ वटा बीमा योजना संचालनमा ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS