IME Life New

सिटिजन लाइफ इन्स्योरेन्सको क्षेत्रिय कार्यालय, बुटवलमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत सोमबार देखि बुटवलमा आफ्नो क्षेत्रिय शाखा कार्यालय खोलेको छ । बुटवल क्षेत्रका मानिसहरुलाई इन्स्योरेन्स सम्बन्धि सेवा सुविधा र इन्स्योरेन्सको योजनाहरु कार्यान्वयन गर्ने उद्देश्यले सिटिजन लाईफ इन्स्योरेन्सले आफ्नो क्षेत्रिय शाखा कार्यालय खोलेको हो । उक्त क्षेत्रिय कार्यालयको उद्घाटन कम्पनीका ब्राण्ड एम्बेस्डर “मह जोडी” मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य गरेका हुन् ।

क्षेत्रिय कार्यालय संचालन पश्चात यस क्षेत्रका जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ । हाल कम्पनीले अधिराज्यभर ३४ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ। सिटिजन लाइफले संचालनमा आएको ६ महिनामा ५ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले यही अवधिमा १५ हजार ५७ वटा बीमालेख बिक्री गरि ७ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

Esewa
Crest

सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल हुनुहुन्छ भने अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डे हुनुहुन्छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ। हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यस कम्पनीले निकट भविष्यमा ७५ करोड रुपैयाँको सर्वसाधारणको लागी सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS