IME Life New

बीमा विधेयकको पहिलो असर-लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाललाई पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: भारतीय जिबन बीमा निगमको मुख्य लगानीमा संचालित लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लाई भर्खरै संसदमा संसदमा प्रस्तुत भएको बीमा विद्येयक २०७५ ले असर गर्ने देखिएको छ। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)मा भारतीय जिबन बीमा निगमको ५५ प्रतिशत हिस्सा रहेको छ भने, नेपाली व्यावसायिक घराना बिशाल ग्रुपको २५ प्रतिशत लगानी रहेको छ। हाल कम्पनीले चुक्तापुंजीको २० प्रतिशत मात्र सर्बसाधारणको लागि सेयर जारी गरेको छ।

बीमा विद्येयक २०७५ अनुसार प्रत्येक बीमकले आफ्नो कुल जारी पूँजीको न्युनतम ३० प्रतिशत शेयर सर्वसाधारणलाई विक्रि गर्नु पर्ने, यो नियमलाई हेर्दा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले १० प्रतिशत फर्दर पब्लिक इस्यू/अफर गर्नु पर्ने हुन्छ ।

Esewa
Crest

अर्कोतिर बीमा समितिले तोके अनुसार जिबन बीमा कम्पनीहरुको चुक्ता पुंजी २ अर्ब हुनुपर्ने समय नजिकदै जादा लाइफ इन्स्योरेन्सको हालको चुक्ता पुंजी १ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेकोमा २४ दशमलव ८ प्रतिशत बोनस शेयर वितरण गरेपश्चात कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ। बिमा समितिको निर्देशन अनुसार पुंजी कायम गर्न कम्पनीले अझै ६७ करोड रुपैयाँ जोडनुपर्ने हुन्छ।

बीमा विद्येयक २०७५ अनुसार बीमा व्यवसाय संचालनको लागि बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी समय-समयमा निर्धारण गरिने, न्युनतम चुक्ता पूँजी नपुर्याउने बीमक कम्पनीको इजाजत पत्र रद्ध हुने छ भन्ने रहेको छ, तर लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले गत आर्थिक वर्षको लेखापरीक्षण समेत नगरेको अवस्थामा यो सबै सकेर, फर्दर पब्लिक इस्यू/अफर सहित सबै काम सकाउन गाह्रो हुने तथा कम्पनीका सम्पूर्ण निर्णयहरु भारत स्थित भारतीय जिबन बीमा निगमले गर्ने हुदा कम्पनीले नयाँ बीमा विद्येयक २०७५ अनुसारको कानुनी प्रक्रिया पुरा गर्न समय लाग्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS